कावासोती । राष्ट्रिय जनमोर्चा कावासोतीले शोकसभा सम्पन्न गरेको छ ।
Advertisement
नगर सदस्य एमनाथ कँडेलकी ७७ वर्षीय आमा दुर्पती कँडेलको निधन भएको नवौँ दिन २०८० भदौ २७ गते बुधबार उक्त कार्यक्रम सम्पन्न भएको हो ।
राजमोका पूर्व केन्द्रीय सचिव कृष्ण अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा राजमो केन्द्रीय सदस्य भागिरथ भट्टराईले शोक मन्तब्य राख्नुभएको थियो ।
शोकसभामा अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) महासचिव शालिकराम सापकोटा, रजामो गण्डगी प्रदेश सदस्य चन्द्र सापकोटा, राजमो नेता कृष्ण गिरीलगायत कावासोतीबासीको उपस्थिति थियो
कार्यक्रमको सञ्चालन राजमो कावासोतीका अध्यक्ष डम्मर क्षेत्रीले गर्नुभएको थियोे ।