जुना भण्डारी चालिसे ##
विकृति र विसङ्गति हटाउने चाहना ।
दुई हजार असी तिजको शुभकामना ।।
सङ्घीयता जरैबाट फाल्नुपर्छ दाजुभाइ ।
प्रवासमा मताधिकार चाहियो हामीलाई ।।
लेख्छौँ गीत देशका लागि मनमा चिन्ता भएको ।
भ्रष्टाचारको देश बनी पछि गएको ।।
सङ्घीयता एमसिसी पास गर्यौँ मिलेर ।
विदेशीको गुलाम बन्छौँ बिलो लिएर ।।
लिपुलेक कालापानी लाउँदा आँखा भारतले ।
टुलुटुलु हेरिरा’छौ बिलो पा’काले ।।
लिपुलेक कालापानी हाम्रै लिम्पियाधुरा ।
भ्रष्टाचारमा बिकेका छौ तिम्रा के कुरा ।।
इतिहासमा नाम लेखाउे गर है देशको काम ।
पुस्तौँलाई कमाउँदा भयौ बद्नाम ।।
देश बचाउने अभियानमा सडकमा झरियो ।
देशको रक्षा गर्ने हाम्रो पार्टी परियो ।।
कुकुरलाई हाड जस्तै तिम्लाई डलर पर्यो मन ।
विदेसीको इसारामा नाच्छौँ तिमी झन् ।।
प्यारो देशको अस्मितालाई बचाउनुपर्ने हो ।
डलरमा बिकिसक्यौ कसो गर्ने हो ।।
नभएका शब्दहरू कागजमा कोरेनौँ ।
ठुलो पार्टी हेर्यौ जनता छवि हेरेनौ ।।
नागरिकता विधायक खारेज गरौँ हामीले ।
साम्राज्यवादी एजेन्टलाई भगाऊँ सबैले ।।
नेपालमा जनमोर्चा भारतमा मूल प्रवाह ।
सङ्गठित हौैँ है साथी बनौँ एक अब ।।
राष्ट्रियता जोगाउन उठाऊँ मसाल कलम ।
यो गीतलाई सुनिदिनू लालसलाम ।।