• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

कम्युनिस्ट सिद्धान्तलाई व्यवहारमा लागु गर्नुपर्छ : उपाध्यक्ष शर्मा


  •   शनिबार, भदौ २३, २०८० मा प्रकाशित
  • दाङ । राष्ट्रिय जनमोर्चाका कन्द्रीय उपाध्यक्ष जनकराज शर्माले कम्युनिस्ट सिद्धान्तलाई व्यवहारमा लागु गर्नुपर्ने आवश्यकतामा जोड दिनुभएको छ ।

    Advertisement

    राजमो दाङद्वारा २०८० भदौ २३ गते शनिबार आयोजित प्रशिक्षण कार्यक्रममा प्रशिक्षण दिँदै उहाँले यस्तो बताउनुभएको हो ।

    ‘व्यवहारसित मेल नखाने सिद्धान्त र राजनीति झुटको खेती मात्र हो’ उहाँले भन्नुभयो– ‘वुर्जुवा पार्टीहरू राजनीतिलाई झुटको खेती बनाइराखेका छन् । मनमा एउटा सोच बोक्ने, जनतामा अर्को कुरा गरेर भ्रम सृजना गर्ने राजनीतिका कारण कम्युनिस्ट नाम राखेका पार्टीसमेत बदनाम भएका छन् ।’

    उहाँले समाजलाई झुट होइन, सत्यको बाटोमा हिँडाउनका लागि राष्ट्रिय जनमोर्चालाई बलियो बनाउनुपर्ने बताउनुभयो । त्यसका लागि कम्युनिस्ट पार्टीका कार्यकर्ताहरू जनताको मन मनमा बस्नुपर्ने, जनताको समस्यासित जोडिनुपर्ने, आफूलाई वुर्जुवा नेता जस्तो होइन, जनताको सेवक बनाउनुपर्ने उहाँको भनाइ थियो ।

    उहाँले अगाडि थप्दै देशको पछिल्लो राजनीतिक अवस्थाले देशलाई गम्भीर मोडतर्फ लगेको दाबी गर्नुभयो ।

    उहाँले भन्नुभयो– ‘यही बेला साम्राज्यवादी र प्रतिगामीहरू नेपाली जनताका बलिदानबाट प्राप्त उपलब्धि समाप्त गर्न लागिपरेका छन् । हामीले त्यसको विरुद्धमा सशक्त जनआन्दोलन उठाउनुपर्छ ।’

    राजमो दाङका अध्यक्ष गणेश आचार्यको अध्यक्षतामा सम्पन्न उक्त भेलामा आगामी असोज महिनाको एकमहिने अभियानको विस्तृत कार्यक्रम अखिल नेपाल युवक सङ्घका पूर्व केन्द्रीय अध्यक्ष कासिनाथ पोख्रेलले प्रस्तुत गर्नुभएको थियोे ।

    कार्यक्रममा अखिल नेपाल किसान महासङ्घ (अप्फा) का केन्द्रीय कोषाध्यक्ष प्रेमनारायण आचार्य, अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय उपाध्यक्ष रमेशमान गुरुङ, युवक सङ्घ केन्द्रीय उपाध्यक्ष चित्र एमसी, अखिल नेपाल बुद्धिजीवी सङ्घका केन्द्रीय सदस्य केशवराज खनाल, अखिल नेपाल शिक्षक सङ्घ केन्द्रीय सदस्य लालबहादुर भण्डारी, प्रगतिशील पत्रकार सङ्घका केन्द्रीय सदस्य महेश रिजाल, जनप्रतिनिधिको तर्फबाट राप्ती–४ का वडाअध्यक्ष वीरबहादुर चौधरी, अखिल नेपाल महिला सङ्घकी राष्ट्रिय परिषद सदस्य कृष्णा राना र अखिल नेपाल सुकुम्बासी सङ्घका केन्द्रीय उपाध्यक्ष दलबहादुर घर्तीले मन्तव्य राख्नुभएको थियो ।

    त्यसैगरी कार्यक्रममा अखिल नेपाल प्रगतिशील लेखक सङ्घ लुम्बिनी प्रदेश उपाध्यक्ष सुरेशकुमार पाण्डे, अप्फाका जिल्ला अध्यक्ष ऋषिराम पौडेल, शिक्षक सङ्घ जिल्ला सहसचिव उमकला खनाल, अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का जिल्ला सदस्य हरि थापा, अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्घ जिल्ला सचिव ठाकुरप्रसाद भण्डारी, जातीय समता समाज जिल्ला सदस्य कमल विक र अखिल (छैठौं) जिल्ला कोषाध्यक्ष सुनिता आचार्यले पनि मन्तव्य राख्नुभएको थियो ।

    राजमो जिल्ला सचिव वशन्तराज पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण जिल्ला सचिवालय सदस्य शुक्रराज भण्डारीले गर्नुभएको थियोे ।

    राजमो जिल्ला सचिव पौडेलका अनुसार राजमोले “तीन ऐतिहासिक अभियान सफल पारौँ, कम्युनिस्ट आन्दोलनमा क्रान्तिकारी रूपान्तरण गरौँ” नारासहित गत वैशाख १८ गते उद्घाटन गरेर आगामी वैशाखसम्म नेपाल कम्युनिस्ट पार्टी स्थापनाको हीरक जयन्ती र लेनिन शताब्दी स्मृति दिवसको कार्यक्रम सम्पन्न गरिरहेको छ । त्यस दौरान प्रशिक्षण, अध्ययन र रूपान्तरणलाई विशेष जोड दिइएको छ ।

    शनिबार, भदौ २३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.