काठमाडौँ । जातीय समता समाजको काठमाडौँ जिल्ला भेला आयोजक समिति गठन गरिएको छ ।
Advertisement
अध्यक्ष राजेश विश्वकर्मा तथा महासचिव भक्त विकको प्रमुख आतिथ्यमा २०८० भदौ २३ गते शनिबार सम्पन्न भेलाद्वारा सो समिति गठन गरिएको हो ।
भेलामा प्रगतिशील पत्रकार सङ्घका महासचिव प्रकाश थापामगर र नेकपा (मसाल) काठमाडौँका प्रवक्ता जगत्प्रसाद रेग्मीको पनि आतिथ्य रहेको थियो ।
नौ सदस्यीय भेला आयोजक समितिको संयोजकमा काँशिराम नेपाली रहनुभएको छ ।
त्यस्तै, सदस्यहरूमा राम वियोगी, राजेन्द्र विक, धु्रव बस्याल, विशाल विक, रामअञ्जान परियार, पूर्णकला विक, मनिषा राई परियार र वन्दना विक रहनुभएको छ ।
भेलाले आगामी असोज १३ गते राष्ट्रिय जनमोर्चाको केन्द्रीय कार्यालय भवन कपनमा दिउसो १२ बजेदेखि जिल्ला भेला गर्ने निर्णय गरेको प्राप्त समाचारमा उल्लेख छ ।