उद्यव मगर, दोहा ।
कतार नेपाली एकता समाजअन्तर्गत रक्तिम सांस्कृतिक अभियानको चौथो भेला सम्पन्न भएको छ ।
‘वुर्जुवा संस्कृतिको विरोध गरौँ, प्रगतिशील संस्कृतिको विकास गरौँ’ नाराका साथ सेप्टेम्बर ८, २०२३ शुक्रबारका दिन उक्त कार्यक्रम सम्पन्न भएको हो ।
एकता समाजका अध्यक्ष रामप्रसाद पराजुलीको आतिथ्य रहेको सो कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली एकता समाजका सदस्य खिम बुढामगर, कतार नेपाली एकता समाज प्रथम उपाध्यक्ष कमल आचार्य, द्वितीय उपाध्यक्ष अमिना खान, महासचिव मीनबहादुर पुनमगर, सांस्कृतिक अभियान दोहा कतारका निवर्तमान अध्यक्ष हुमाकान्त आचार्य, रक्तिम सांस्कृतिक अभियानका पूर्व अध्यक्ष खगेश्वर भुसाल र अखिल नेपाल युवक सङ्घका सदस्य सुशीला पराजुली आतिथ्य रहेको थियो ।
भेलाको अध्यक्षता बलदेव रानामगरले तथा सञ्चालन गिरि काउछामगरले गर्नुभएको थियो ।
भेलाले विमल भुसाल अध्यक्ष रहनुनभएको नौ पूर्ण र तीन सल्लाहकारसहितको १२ सदस्यीय रक्तिम सांस्कृतिक अभियानको कार्य समिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा दिलबहादुर विक, सचिवा हीरा शर्मा र कोषाध्यक्षमा कुमारी काउछामगर रहनुभएको छ ।
त्यस्तै, सदस्यहरूमा श्रवण मल्ल, शान्ता राना, सरस्वती राना र इन्द्रबहादुर खड्का रहनुभएको छ ।
भेलाले सल्लाहकारमा बलदेब रानामगर, हुमाकान्त आचार्य र गिरि काउछामगरलाई चयन गरेको छ ।
कार्यक्रमको अन्तमा प्रमुख अतिथि पराजुली, समाजका केन्द्रीय सदस्य सत्यबहादुर पुनमगर र बन्दशत्रका संयोजक खगेश्वर भुसालले मनतव्य राख्नुभएको थियो ।
