• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

संस्कार र श्रमसहितको शिक्षा सुरु गरेका छौँ : नगरप्रमुख थापा


  •   शुक्रबार, भदौ २२, २०८० मा प्रकाशित
  • टेकराज भुसाल, बुटवल ।
    भूमिकास्थान नगरपालिकाका नगरप्रमुख झबिलाल थापाले पालिकामा संस्कार र श्रमसहितको शिक्षा कार्यक्रम अघि सारेर दुईओटा विद्यालयमा उक्त कार्यक्रम सञ्चालन गरेको र अन्य विद्यालयमा समेत कार्यक्रम सञ्चालन प्रकिया अघि बढेको बताउनुभएको छ ।

    Advertisement

    ढाकाबाङ–रुपन्देही सम्पर्क समाजको आयोजनामा २०८० भदौ २२ गते शुक्रबार बुटवल १३ बेलबासमा सम्पन्न तिजमिलन तथा दर खाने कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

    सो अवसरमा मन्तव्य राख्दै नगरप्रमुख थापाले पालिकाभित्र रहेका बाझो जग्गालाई पालिकाले नि:शुल्क कृषकसँग मागेर तीन वर्षदेखि १० वर्षसम्म लिजमा लिएर प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा रहेको जनशक्तिलाई काममा लगाएर स्थानीय रैथाने खेती उत्पादन गर्ने र त्यसलाई पालिकाले बजारीकरण गर्ने कार्यक्रमसमेत अघि बढेको र तत्काल एक क्विन्टल गहत खेती उत्पादन प्रक्रियासमेत अघि बढेको बताउनुभयो ।

     पालिकाले पालिकाभित्र रहेका वृद्धहरूको उत्कृष्ट स्याहारसुसार गर्नेलाई प्रोत्साहनस्वरूप आर्थिकसहित सम्मान गर्ने, वृद्धहरूका लागि प्रत्येक शुक्रबार भजनकीर्तन कार्यक्रम, स्वास्थ्यकर्मीहरू जेष्ठ नागरिकको घर घरमा गएर स्वास्थजाँच कार्यक्रम, गर्भवती महिलालाई प्रत्येक तीन/तीन महिनामा नि:शुल्क अल्ट्रासाउन्ड सेवाको व्यवस्था गरेको थापाले बताउनुभयो ।

    उपप्रमुख बालकृष्ण बन्जाडे, नगरप्रवक्ता तथा वार्ड नम्बर ४ का अध्यक्ष पन्थीसुनार, वडा नम्बर २ का अध्यक्ष थापाले बोल्दै नगरपालिकाभन्दा बाहिर रहेका आफ्ना जनतासँग समन्वय, सहकार्य र सुझावका आधारमा भूमिकास्थान नगरपालिकालाई समृद्ध नगरको रूपमा विकास गर्दै पालिकालाई भ्रष्टाचारमुक्त र शुसासन कायम भएको नगरको रूपमा विकास गर्ने दाबी गर्नुभयो ।

    कार्यक्रममा भूमिकास्थान–रुपन्देही सम्पर्क समाजका अध्यक्ष लक्ष्मण बेलबासे र संस्थाका सल्लाहकार कमलप्रसाद खनालको विशेष उपस्थितिमा रहेको थियो ।

    अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वडा नम्बर १ र २ साविक ढाकाबाङ गाविसबाट विभिन्न सिलसिलामा रुपन्देहीमा बसोबास गर्नेहरूका माझ स्थापना भएको ढाकाबाङ–रुपन्देही सम्पर्क समाजले सो कार्यक्रमको आयोजना गरेको थियो ।

    संस्थाका सहसचिव टेकराज भुसालको राष्ट्रिय झण्डा अभिवादन वाचनपछि सुरु भएको कार्यक्रममा संस्थाका अध्यक्ष कृष्णप्रसाद खनालको अध्यक्षता तथा सचिव नारायणप्रसाद भुसालको सञ्चालन तथा सदस्य जुना खनालको स्वागत मन्तव्य रहेको थियो ।

    कार्यक्रममा सहभागीहरूले पुरानो संस्कृति झल्किने गरी मादल बजाएर गाउकै सम्झना झल्किने गरि नाचगान समेत गरेका थिए ।

    शुक्रबार, भदौ २२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • २.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ३.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ४.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ५.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ६.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ७.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ८.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.