काठमाडौं । हङकङबाट तस्करी भएको ६० किलो सुन प्रकरणमा थप एक जना पक्राउ परेका छन् ।
Advertisement
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सुनचाँदी व्यवसायी संघ बाराका अध्यक्ष शिवकुमार सरार्फलाई बिहीबार राति पक्राउ गरेको हो ।
योसँगै ६० किलो सुन प्रकरणमा पक्राउ पर्नेको संख्या २८ पुगेको छ।
गत साउन ३ गते हङकङबाट ब्रेक सु भनेर भित्र्याइएको ६० किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएपछि राजश्व अनुसन्धान विभागले सिनामंगलबाट बरामद गरेको थियो।
उक्त प्रकरणमा पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल पनि पक्राउ परेका छन् भने पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’का छोरा दीपेशसँग पनि प्रहरीले बयान लिएको छ।