• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

राजमो कपिलवस्तुको पाँचौं जिल्ला सम्मेलन सुरु


  •   बुधबार, भदौ २०, २०८० मा प्रकाशित
  • नवराज पौडेल, कपिलवस्तु ।
    राष्ट्रिय जनमोर्चा कपिलवस्तुको पाँचौं जिल्ला सम्मेलन तौलिहवामा शुरु भएको छ । राजमो केन्द्रीय सल्लाहकार तथा लुम्बिनी प्रदेश उपाध्यक्ष बद्रे आलमले उद्घाटन गर्नुभएको सम्मेलनमा विभिन्न राजनीतिक दल तथा जनवर्गीय संगठनका नेताहरुले शुभकामना दिनुभएको थियो ।

    Advertisement

    उद्घाटन मन्तव्य राख्दै नेता आलमले राष्ट्रियता, गणतन्त्र र धर्म निरपेक्षताको रक्षा तथा संघीयता र एमसीसी खारेजीको मागमा पार्टी दृढ रहेको स्पष्ट पार्नुभयो ।

    मुलुक प्रतिगामीको हातमा जान नदिन हालको बुर्जुवा गणतन्त्रको संरक्षण गर्नु परेको उहाँको भनाई थियो ।

    कम्युनिष्ट एक नभै क्रान्ति सफल हुन नसक्ने भए पनि विचार र दृष्टिकोण पनि प्रष्ट हुनुपर्ने आलमले बताउनुभयो । सर्वहारा दृष्टिकोण र पुँजीवादी दृष्टिकोणको लडाईंका कारण ठूला देशमा कम्युनिष्ट आन्दोलन कमजोर बनेको उहाँले सुनाउनुभयो । त्यसैले अहिले अन्तर्राष्ट्रिय जगतमै कम्युनिष्ट रक्षात्मक अवस्थामा रहेको उनको स्पष्टोक्ति थियो ।

    यस्तै, अखिल नेपाल किसान महासंघका उपाध्यक्ष एवम् राष्ट्रिय भूमी आयोगका जिल्ला अध्यक्ष शिव पौडेलले प्रतिगमन रोक्न मत मतान्तर त्यागेर कांग्रेस सहितको गठबन्धनलाई सहयोग गर्दै आएको बताउनुभयो ।

    सम्मेलनलाई शुभकामना दिँदै माओवादी केन्द्रका जिल्ला संयोजक विष्णु बेल्बासेले कम्युनिष्ट पार्टी रुपान्तरित हुनु पर्ने र भ्रष्टाचार विरुद्ध सशक्त कदम चाल्न आवश्यक रहेको बताउनुभयो ।

    यस्तै, जसपाका जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादवले परिर्वतनकारी शक्ति एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

    यसैगरी, नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय प्रतिनिधी गीता अन्जानले दुई तिहाई बढी जनता कम्युनिष्ट विचारका भएपनि कम्युनिष्ट शक्तिले सदुपयोग गर्न नसकेको बताउनुभयो ।

    नेकपाका जिल्ला सदस्य निर्माण सिले देशलाई जर्जरतामा जान नदिन एमसीसी खारेज गर्नु पर्नेमा जोड दिनुभयो ।

    कार्यक्रममा शुभकामना मन्तव्य राख्दै अखिल नेपाल शिक्षक संघका सदस्य पिताम्बर खनालले २०२८ सालको शिक्षा नीतिले उत्पादित जनशक्ति बेरोजगार बनेको बताउनुभयो ।

    अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) का जिल्ला अध्यक्ष केयर सिंह अदैले परिर्वतन र लोकतान्त्रिक आन्दोलनका शक्तिसँग सहकार्य गरि प्रतिगमनलाई परास्त गर्न भूमिका खेल्नुपरेको बताउनुभयो ।

    यस्तै, अखिल (छैठौं) का केन्द्रीय सदस्य रिषव आचार्यले विद्यार्थी संगठनले हरेक गलत कुराको मात्रै होईन आफनै पार्टीका गलत गतिबिधीको समेत विरोध गर्न सक्नुपर्ने बताउनुभयो ।

    जिल्ला अध्यक्ष दधिराम आचार्यको अध्यक्षतामा भएको उद्घाटन समारोहमा अखिल नेपाल बुद्धिजिवी संघका केन्द्रीय सदस्य शसि सापकोटा र राजमो जिल्ला उपाध्यक्ष रामप्रसाद बेल्बासेलेले पनि सम्बोधन गर्नुभएको थियो ।

    दुई सय जना प्रतिनिधि रहेको दुई दिने जिल्ला सम्मेलनको बन्द सत्रले पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ ।

    बुधबार, भदौ २०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’
    भुजमा मूल प्रवाहको नगर समिति गठन
    नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • २.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ३.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ४.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ५.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ६.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ७.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.