बागलुङबजार । बागलुङको ढोरपाटन नगरपालिकामा अखिल नेपाल युवक सङ्घको तेस्रो नगर भेला सम्पन्न भएको छ ।
युवक सङ्घका जिल्ला सदस्य इन्द्रमान छन्त्यालको प्रमुख आतिथ्यमा २०८० भदौ १८ गते सोमबार सो भेला सम्पन्न भएको हो ।
भेलालाई सम्बोधन गर्दे प्रमुख अतिथिका छन्त्यालले सङ्गठनमा आबद्ध भई युवाहरूको हकहितको निम्ति जोडदार रूपमा लागिपर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा अखिल नेपाल बुद्धिजीवी सङ्घको केन्द्रीय सदस्य धनबहादुर कुँवर र राष्ट्रिय जनमोर्चा बागलुङका कोषाध्यक्ष दीपक थापाले पनि मन्तव्य राख्नुभएको थियो ।
भेलामा राजमो जिल्ला सदस्य धनबहादुर अदै, राजमो ढोरपाटन नगर सचिव तुल्सिराम खरेल, रक्तिम सांस्कृतिक अभियान ढोरपाटन नगर समितिका अध्यक्ष झकप्रसाद श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।
भेलाले रामबहादुर अर्गेजाको अध्यक्षतामा ११ सदस्यीय नगर समिति चयन गरेको छ । समितिको उपाध्यक्ष कृष्ण खड्का, सचिवमा विमल खरेल र कोषाध्यक्षमा उमाकान्त कार्की तथा सदस्यहरूमा प्रेम केसी, पारस आर्चाय, भविन्द्र भण्डारी, डिजन अदै, आशमाया विक र तुलप्रसाद सुनार चयन हुनुभएको छ ।
त्यस्तै, समितिको सल्लाहकारमा तुलेन्द्र छन्त्याल रहनुभएको छ ।
भेला तुलेन्द्र छन्त्यालको अध्यक्षता, उमाकान्त कार्कीको स्वागत र कुल छन्त्यालको सञ्चालनमा सम्पन्न भएको थियो ।