• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

छुवाछुतसम्बन्धी ऐनमा छाउपडीलगायतका विभेद नमिसाउन राजमो सांसद राजेश विश्वकर्माको माग


  •   सोमबार, भदौ १८, २०८० मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार तथा राष्ट्रियसभा सांसद राजेश विश्वकर्मा (तुलप्रसाद) ले ‘जातीय भेदभाव, छुवाछुत (अपराध तथा सजाय) ऐन–२०८०’ छाउपडीलगायतका विभेद नमिसाउन माग गर्नुभएको छ ।

    Advertisement

    २०८० भदौ १८ गते सोमबार राष्ट्रियसभाको चौधौँ अधिवेशनको उनन्चालिसौँ बैठकमा धारणा राख्दै उहाँले यस्तो माग गर्नुभएको हो ।

    राष्ट्रियसभामा विधायन व्यवस्थापन समितिकी सभापति जयन्तीदेवी राईले पेस गर्नुभएको “संविधानअनुसार बन्न बाँकी कानुनहरूको अध्ययन प्रतिवेदन–२०८० माथि छलफल गरियोस्” भन्ने प्रस्तावउपर उहाँले मन्तव्य राख्ने क्रममा सांसद विश्वकर्माले जातीय छुवाछुतको महत्त्वलाई घटाउने दाबी गर्नुभयो ।

    “छाउपडी प्रथा छुट्टै हो । त्यसको अलग धारा बनाइयोस्” उहाँले भन्नुभयो– “दलितजातिको जातिको आधारमा हुने छुवाछुतलाई त्यसमा घालमेल गरेर यसको घनत्वलाई घटाउने र मिनिमाइज गर्ने काम नगरियोस् भनेर मैले विशेष जोड दिन चाहान्छु ।”

    उहाँले विधायन समितिले प्रतिवेदन प्रस्तुत गर्नुभएकोमा राम्रो काम भएको बताउनुभयो ।

    यस्तो छ, सांसद विश्वकर्माको मन्तव्यको पूर्ण पाठ :

    सम्माननीय अध्यक्ष ज्यू

    विधायन समितिले जुन प्रतिवेदन लिएको छ, यो धेरै राम्रो काम भएको छ ।

    आज हामीले संविधान प्राप्त गरेको सात/आठ वर्ष भइसक्यो । यस देशका सबै जातजाति, भाषाभाषी सीमान्तकृत वर्गको पक्षमा संविधानमा उल्लेख भएका अधिकार पनि उपभोग गर्न पाइनरहेको अवस्थामा यो उहाँहरूले जुन काम गर्नुभएको छ, त्यो राम्रो काम भएको छ । यी तत्काल गर्नुपर्ने कानुन, ऐनहरू बनाएर सम्बन्धित वर्ग, समुदाय, क्षेत्र र लिङ्गको हकमा, उपभोगमा सहजता ल्याउनुपर्छ भन्ने कुरा म राख्न चाहान्छु ।

    खास गरेर दलितजातिको हकमा संविधानमा धेरै कुरा उल्लेख भएका छन् । उहाँहरूले भूमिसुधारसम्बन्धी कुरा र आवाससम्बन्धी कुरा उठाउनुभएको छ । त्यसबाहेक दलितको पक्षमा कानुन बन्नुपर्ने थुप्रै कुरा छन् । त्यसैले ती कुरामा पनि ध्यान देओस् भनेर मैले आफ्नो भनाइ राख्न चाहान्छु ।

    विशेष गरेर छुवाछुतको बारेमा “जातीय भेदभाव, छुवाछुत (अपराध तथा सजाय) ऐन–२०६८” कानुनमा एउटा कुरा के संशोधन भएको छ भने जातीय छुवाछुत तथा अन्य छुवाछुत भनेर त्यसमा जोडिएको छ । त्यसैले यो जातीय छुवाछुतलाई अन्य छुवाछुत भन्नाले छाउपडी प्रथालाई पनि त्यसमा जोडेर जातीय भेदभाव र छुवाछुतको महत्त्वलाई घटाउने, मिनिमाइज गर्ने कोसिस गरिएको छ । त्यसैले यसलाई यसो नगरियोस् भन्ने आफ्नो विचार राख्न चाहन्छु ।

    छाउपडी प्रथा छुट्टै हो । त्यसको अलग धारा बनाइयोस् । दलितजातिको जातिको आधारमा हुने छुवाछुतलाई त्यसमा घालमेल गरेर यसको घनत्वलाई घटाउने र मिनिमाइज गर्ने काम नगरियोस् भनेर मैले विशेष जोड दिन चाहान्छु ।

    सोमबार, भदौ १८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.