• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

अर्घाखाँचीको भूमिकास्थान-८ मा मसाल निकट ६ जनवर्गीय संगठनको संयुक्त भेला


  •   आइतबार, भदौ १७, २०८० मा प्रकाशित
  • गोपाल प्रसाद भट्टराई, अर्घाखाँची ।
    अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वडा नं ८ मा नेकपा (मसाल) निकट ६ वटा जनवर्गीय संगठनहरुको संयुक्त भेला भएको छ ।

    Advertisement

    शनिबार राष्ट्रिय जनमोर्चा भूमिकास्थान–८ ले आयोजना गरेको संयुक्त भेलाले किसान, युवक, महिला, मजदुर, विद्यार्थी र बाल संघको वडास्तरीय समिति गठन गरेको हो ।

    नेकपा मसालको ऐतिहासिक तीन अभियान अन्तर्गत आयोजित कार्यक्रममा अखिल नेपाल किसान महासंघ, अखिल नेपाल महिला संघ, अखिल नेपाल युवक संघ, अखिल (छैठौं), अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) र अखिल नेपाल बाल संघको समिति गठन भएको राजमो जिल्ला अध्यक्ष थम्मन केसीले जानकारी दिनुभयो ।

    भेलाले सीता पोख्रेलको अध्यक्षतामा ३५ सदस्यीय अखिल नेपाल महिला संघको वडा समिति गठन गरेको छ । जसको उपाध्यक्षमा गोमा खत्री, सचिव अस्मिता आचार्य, सहसचिव मीना गैरे र कोषाध्यक्ष बसन्ता मरासिनी चयन हुनुभएको छ ।

    यस्तै, संगीता विष्टको अध्यक्षतामा १३ सदस्यीय अखिल नेपाल युवक संघको समिति गठन भएको छ । समितिको उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः शालिकराम पोख्रेल, कविता पोख्रेल, विवेक खत्री र आशा महत्रा सर्वसहमत चयन हुनुभएको छ ।

    त्यस्तै, आशिष खनालको अध्यक्षतामा अखिल (छैठौं) को १९ सदस्यीय वडा समिति गठन गरेको छ । जसको उपाध्यक्षमा अर्जुन खत्री, सचिव आशिष विष्ट, सहसचिव केशव सारु र कोषाध्यक्ष सरिता पोख्रेल चयन हुनुभएको छ ।

    यसैगरी, मानबहादुर केसीको अध्यक्षतामा १३ सदस्यीय अखिल नेपाल किसान महासंघको वडा समिति गठन भएको छ । जसको उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः रोमबहादुर रायमाझी, तोमबहादुर खत्री, पिताम्बर गैरे र ओमबहादुर खत्री रहनुभएको छ ।

    त्यस्तै, पदम खत्रीको अध्यक्षतामा ९ सदस्यीय अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) को गठन भएको छ । जसको उपाध्यक्षमा अमृत पोख्रेल, सचिव सुवास आचार्य, सह–सचिव गीता विष्ट र कोषाध्यक्षमा सीता खत्री चयन हुनुभएको छ ।

    भेलाले नविन आचार्यको अध्यक्षतामा ९ सदस्यीय अखिल नेपाल बाल संघको पनि गठन गरेको छ । जसको उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः स्मृती खत्री, सर्जना विष्ट, अपेक्षा खत्री र सुजन खत्री रहनुभएको छ ।

    भूमिकास्थान–८ को लम्चिमा सम्पन्न भेलालाई राष्ट्रिय जनमोर्चाका नेता शेरबहादुर विसी, जिल्ला उपाध्यक्ष गोपाल पौडेल, अखिल नेपाल महिला संघ जिल्ला सचिव कल्पना पोख्रेल, अखिल नेपाल शिक्षक संघका केन्द्रीय कोषाध्यक्ष टेकबहादुर थापा, अन्टुकका जिल्ला अध्यक्ष इन्द्रमणि भुसाल र प्रगतिशील पत्रकार संघका केन्द्रीय सचिव गोपालप्रसाद भट्टराईले सम्बोधन गर्नुभएको थियो ।

    भेलालाई सम्बोधन गर्दै उहाँहरुले काण्डै–काण्डमा मुछिएर सत्तामा पुग्ने र देश खोक्रो बनाउनेका विरुद्ध जनता एकजुट हुनुपर्ने बताउनुभयो । सुन काण्ड, जग्गा काण्ड, शरणार्थी काण्ड यसरी काण्डै–काण्डको नेतृत्व गर्नेहरुबाट देशले निकास नपाउने भन्दै उहाँहरुले सबैखाले विकृतिको नेतृत्व गर्नेलाई जनताले कारबाही गर्नुपर्ने बताउनुभयो ।

    सत्तासिन दल र यिनका नेता भ्रष्टाचार र काण्ड गर्नमै तल्लिन रहेकोले देश पनि खाडलमा फसेको आरोप लगाउनुभएको छ । नेपालका त्यस्ता दलहरुनै अमेरिकी साम्राज्यवादको दलाल भएको उहाँहरुको आरोप छ । नेपाललाई प्रयोग गरि अमेरिकी साम्राज्यवादले चीन घेर्ने र ध्वस्त गर्ने योजना बनाएको उहाँहरुको जिकिर छ । व्यवस्था परिवर्तन भएपनि अवस्था नफेरिदा देश र जनताको हितमा काम हुन नसकेको उहाँहरुको धारणा रहेको छ ।

    सरकारले उठाएका भ्रष्ट्राचारका फाइल गायब नगर्न सुझाव दिनुभएका नेताहरुले देशमा टाट पल्टिएको अर्थतन्त्रलाई लयमा ल्याउन संघीयता खारेजीको विकल्प नभएको बताउनुभएको छ ।

    राजमो वडाअध्यक्ष चेतनारायण गैरेको अध्यक्षता, उपाध्यक्ष दधिराम आचार्यको स्वागत मन्तव्य र सचिव शुरेस आचार्यको सञ्चालनमा सम्पन्न भेलामा शिक्षक नेता गोपाल आचार्य र जेष्ठ कम्युनिष्ट सदस्य चुराबहादुर खत्री लगायतको आतिथ्यता रहेको थियो ।

    भेलाको समापनपछि टोलीले हरितालिका तीजको शुभकामना आदान–प्रदान सँगै दरखाने कार्यक्रम समेत गरेको थियो ।

    कम्युनिष्ट स्थापनाको ७५ वर्ष, लेनिन स्मृतिको एक शताब्दी र नेकपा (मसाल)को नवौं महाधिवेशनको तयारी स्वरुप अहिले मसालले देशभर ऐतिहासिक ३ अभियान सञ्चालन गरिरहेको छ । गत वैशाख १८ गतेदेखि सुरु भएको यो अभियान एक वर्ष सम्म जारी रहनेछ ।

    पार्टीले सञ्चालन गरेको ऐतिहासिक तीन अभियानलाई सफल पार्न भन्दै अर्घाखाँचीमा पनि राष्ट्रिय जनमोर्चाले साङ्गठानिक कार्यक्रमको घोषणा गरेरै अभियान चलाएको छ । पहिलो चरणमा जिल्ला र पालिकाका भेला तथा बैठक गरिसकेको राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले अहिले वडास्तरीय गतिविधिलाई अगाडि बढाएको राजमो जिल्ला अध्यक्ष थम्मन केसीले जानकारी दिनुभएको छ ।

    आइतबार, भदौ १७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.