• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

चीनले नेपालको राष्ट्रियता र अखण्डतामाथि आँच पुर्यायो : राजमो


  •   शुक्रबार, भदौ १५, २०८० मा प्रकाशित
  • ‘सरकारको दब्बु नीतिका कारण चुच्चे नक्सालाई चीनले मान्यता दिएन’

    Advertisement

    काठमाडौं । राष्ट्रिय जनमोर्चाले चीनले नेपालको राष्ट्रियतामाथि आँच पुर्याएको बताएको छ । चीनले हालै प्रकाशित गरेको नक्सामा नेपालको चुच्चो भागलाई भारतमा देखाएर नेपाली राष्ट्रियतामाथि आँच पुगेको भन्दै राजमोले भर्त्सना गरेको छ ।

    अध्यक्ष चित्रबहादुर केसीले शुक्रबार प्रेसित गर्नुभएको वक्तव्यमा चीनले लिपुलेकका सन्दर्भमा भारतसँग मिलेर व्यापारित साझेदारीको नाका बनाएको स्मरण गर्नुभएको छ ।

    साथै, राजमोले सरकारको दब्बु नीतिका कारण बाह्य देशले नेपालमाथि हस्तक्षेप गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणका क्रममा यस विषयलाई गम्भीरतापूर्वक उठाउन आग्रह गरेको छ ।

    प्रेस वक्तव्य
    नेपालले २०७७ सालको जेठ ३१ गते दार्चुला जिल्लाको लिम्पियाधुरा, कालापानी र लिपुलेकसमेत समेटेर जारी गरेको नयाँ चुच्चे नक्सालाई २८ अगस्त २०२३ मा चिनियाँ सरकारले जारी गरेको आफ्नो मुलुकसहित विश्वको नक्सामा मान्यता नदिएकोमा हाम्रो पार्टी राष्ट्रिय जनमोर्चाको गम्भीर ध्यानाकर्षण भएको छ । त्यसबाट नेपालको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डतामाथि गम्भीर प्रकारको आँच पुगेको हुनाले चीन सरकारको त्यसप्रकारको व्यवहारको हाम्रो दलले कडा शब्दमा विरोध तथा भर्त्सना गर्दछ ।

    कालापानी क्षेत्र दार्चुला जिल्लाको व्यास गाउँपालिकाको वडा नं. १ भित्र पर्दछ । यो क्षेत्र नेपालको सार्वभौमिकता अन्तर्गत भित्र पर्ने गाउँहरु तुल्सी, न्युराङ्, छोटाकैलास, कुटी, गुञ्जी तथा नाभीलाई कब्जा गरेर भारतीय साम्राज्यवादले त्यहाँ आफ्नो सैन्य क्याम्प खडा गरी कालापानी, लिपुलेक र लिम्पियाधुरासम्मको झण्डै ३७ हजार हेक्टर भूभाग अतिक्रमण गरेको छ । त्यसका विरुद्ध हाम्रो दलसहित देशभक्त शक्तिहरुले लगातार ६० वर्षभन्दा बढी समयदेखि संघर्ष गर्दै आएको छ ।

    कालापानीको अतिक्रमित क्षेत्रलाई वैधानिक बनाउन भारतले नेपाललाई अलग राखेर चीनसँग मिलेर लिपुलेक नाका खुलाउन २०७२ साल जेठ १ गतेका दिन लिपुलेक नाकालाई दुई देशका बिच व्यापारिक नाकाको रुपमा विकास गर्ने सम्झौता समेत गरेको थियो । चीनले आफ्नो नक्सामा २०७७ जेठभन्दा अगाडिको नेपालको नक्सालाई राख्नु र विगतमा नेपाललाई जानकारी नै नदिइ भारतसँग लिपुलेक नाकालाई चीन र भारतका बिच व्यापारिक नाकाको रुपमा विकास गर्ने सम्झौता गर्नुले कालापानीको सवालमा चीनले समेत भारतको पोजिसनलाई घुमाउरो प्रकारले समर्थन गर्ने कार्यले नेपालको राष्ट्रियतामाथि गम्भीर आँच पुगेको छ । चीनको यो कार्य नेपालको राष्ट्रियताका विरुद्ध रहेको छ । त्यसका साथै नेपाल सरकारले चुच्चे नक्साका पक्षमा विभिन्न मुलुकसँग प्रभावकारी ढंगबाट कुटनीतिक पहल नगरेर भारतको सामु आत्मसमर्पणवादी प्रवृत्ति देखाउँदै आएको छ ।

    कालापानी, लिपुलेकसहितको भूभाग समेटेर नेपालले नक्सा जारी गरे पनि त्यसका पक्षमा भारतसँग प्रभावकारी ढंगबाट अहिलेसम्म नेपाल सरकारले कुटनीतिक पहललाई तीब्र पार्न सकेको छैन । स्वयं भारत भ्रमणका क्रममा समेत नेपालका प्रधानमन्त्री प्रचण्डले त्यसबारेमा कुनै कुरा नउठाउनुले सरकारको आत्मसमर्पणवादी प्रवृत्तिलाई स्पष्ट पार्दछ । भारतीय साम्राज्यवाद कालापानीमाथिको कब्जालाई सहज ढंगबाट छोड्ने मनस्थितिमा नरहेको प्रष्ट छ । त्यस स्थितिमा कालापानीको विवादलाई नेपालले अन्तर्राष्ट्रियकरण गर्नुपर्ने आवश्यकतालाई यो वक्तव्य मार्फत् पुनः दोहोर्याउन चाहन्छौँ । त्यसका साथै चीनले नेपालको साविक नक्सा जारी गरेको विषयमा तुरुन्तै चीनसँग कुटनीतिक संवाद गर्न तथा प्रधानमन्त्री प्रचण्डको आसन्न चीन भ्रमणको क्रममा यो विषयलाई गम्भीरतापूर्वक चिनीयाँ पक्ष समक्ष उठाउन समेत हामीले जोड दिन्छौँ ।

    २०८० भदौ १५ गते
    चित्रबहादुर केसी
    अध्यक्ष

    शुक्रबार, भदौ १५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.