काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले बिहीबार एक विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको मूल्य बढेको जानकारी गराएको हो।
निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँले वृद्धि भएको छ। त्यस्तै, मट्टितेलको मूल्य ३ रुपैयाँले बढेको निगमले जनाएको छ।
काठमाडौंमा प्रतिलिटर १८२ र डिजेलरमट्टितेलमा प्रतिलिटर १७० पुगेको छ।
यसअघि काठमाडौंमा पेट्रोल १७८ र डिजेरमट्टितेल १६७ रुपैयाँ थियो।
एलपी ग्यासको मूल्यमा भारी वृद्धि
एलपी ग्यासको मूल्यमा भारी वृद्धि भएको छ। निगमका अनुसार शुक्रबारबाट लागू हुनेगरी ग्यासको मूल्यमा वृद्धि भएको छ।
निगमले जारी गरेको नयाँ मूल्यसूची अनुसार ग्यासको मूल्यमा २ सय ३५ रुपैयाँ बढेको छ।
यो सँगै अब खाना पकाउने ग्यासको मूल्य १ हजार ८ सय ९५ कायम हुने भएको छ। यसअघि ग्यासको मूल्य १ हजार ६६० रुपैयाँमा खुद्रा विक्रि हुँदै आएको थियो।
गत साउन १६ गते निगमले नै प्रतिसिलिन्डर १ सय ३० रुपैयाँले घटाएको थियो। १ हजार ७ सय ९० मा बिक्रि हुँदै आएको ग्यासको मूल्य १ हजार ६ सय ६० कायम भएको थियो।