• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

चीनले नेपालको चुच्चे नक्सा गायब पार्नु आपत्तिजनक : मसाल


  •   शुक्रबार, भदौ १५, २०८० मा प्रकाशित
  • काठमाडौं । नेकपा (मसाल) ले चीनद्वारा हालै प्रकाशित नक्सामा नेपालको चुच्चो भाग गायब पारेकोप्रति आपत्ति प्रकट गरेको छ ।

    Advertisement

    चीनद्वारा प्रकाशित त्यस प्रकारको नक्साले नेपालको सार्वभौमिकता र अखण्डतामा गम्भीर प्रकारको आँच पु¥याएको मसालको ठहर छ ।

    महामन्त्री मोहनविक्रम सिंहले बिहीबार प्रकाशित गर्नुभएको वक्तव्यमा चीनको सो कार्यले नेपालको सार्वभौमिकता र अखण्डतामा गम्भीर आँच पुर्याएको स्पष्ट पार्नुभएको छ ।

    यस्तो छ वक्तव्य
    चीनद्वारा प्रकाशित नयाँ नक्सामा नेपालको संसदद्वारा पारित चुच्चे नक्सालाई नदेखाएर नेपालको पूर्ववत नक्सालाई नै प्रकाशित गरिएको छ । चीनद्वारा प्रकाशित त्यस प्रकारको नक्साले नेपालको सार्वभौमिकता र अखण्डतामा गम्भीर प्रकारको आँच पु¥याएको छ र चीनको त्यस प्रकारको कारबाहीलाई हाम्रो पार्टीले तिव्र शब्दमा विरोध र भर्त्सना गर्दछ ।

    चीनले नेपालप्रति अपनाएको यस प्रकारको नीति पहिलो होइन । पहिले पनि लिपुलेकका सन्दर्भमा भारत र चीनले नेपालसित सम्पर्क नगरिकन नेपालको भूमिमा दुई पक्षीय सम्झौता गरेका थिए र हामीले त्यो बेला नै चीन र भारतका बीचमा गरिएको त्यस प्रकारको सम्झौताको कडा विरोध गरेका थियौँ ।

    भारतले कालापानी क्षेत्रको एउटा ठूलो भू–भागमा करिब ६ दशकभन्दा बढी समयदेखि कब्जा गरेको छ । त्यसबारे कुराकानी गर्नका लागि नेपाल सरकारले पठाएका चिठीपत्रहरुबारे पनि भारतले कुनै जवाफ दिने गरेको छैन । त्यो अवस्थामा यो कुरा स्पष्ट छ कि भारतसितको लेखापढी वा कुटनीतिक पहलद्वारा नेपालको त्यो भूिम फिर्ता नहुने कुरा प्रष्ट छ । त्यसैले हाम्रो पार्टीले बारम्बार त्यो बिषयलाई अन्तर्राष्ट्रियकरण गर्ने कुरामा जोड दिँदै आएको छ । तर नेपाल सरकारले त्यसप्रति अहिलेसम्म कुनै ध्यान दिएको छैन ।

    यहाँसम्म कि चीनले अहिले सार्वजनिक गरेको नक्साबाट नेपाल सरकारले चीनका अगाडि पनि आफ्नो पक्ष राख्नलाई कुनै कुटनीतिक प्रयत्न नगरेको कुरा प्रष्ट हुन्छ । नेपाल सरकारको त्यस प्रकारको कमजोर कुटनीतिका कारणले नै नेपालको राष्ट्रियताका पक्षमा बारम्बार आवाज उठाउँदै आएको चीनले पनि अहिले नेपालको चुच्चे नक्साबारे सही दृष्टिकोण अपनाउन नसकेको कुरा प्रष्ट भएको छ ।
    अहिले प्रधानमन्त्री प्रचण्डको पहिले अमेरिका र त्यसपछि चीनमा जाने कार्यक्रम बनेको कुरा सञ्चार माध्यमहरूबाट थाहा भएको छ ।

    यो कुरा प्रष्ट छ कि अमेरिकाको भ्रमणबाट नेपाल सरकारले अमेरिकाका साम्राज्यवादी नीतिहरूका अगाडि दब्बु नीति बढाउने नै बढी सम्भावना छ । हिजो मात्र अमेरिकाका उच्च अधिकारीसित एम.सी.सीलाई लागू गराउने सम्झौताबाट पनि नेपाल सरकारको त्यस प्रकारको दृष्टिकोणलाई नै बताउँछ । अहिलेको प्रधानमन्त्रीको अमेरिका भ्रमणको क्रममा नेपाल सरकारले कुन हदसम्म अमेरिकी साम्राज्यवादी नीतिहरुलाई अपनाउने हो ? त्यो कुरा प्रधानमन्त्रीको अमेरिका भ्रमणपछि नै थाहा हुनेछ । त्यस सिलसिलामा गरिएका कतिपय सम्झौताहरूलाई गोप्य राखिने सम्भावनालाई पनि अस्वीकार गर्न सकिन्न । जेहोस्, अमेरिका भ्रमणको दौरानमा अमेरिकाले नेपालप्रति अपनाउने नीतिहरूका विरुद्ध जाने कम तर त्यस प्रकारको नीतिहरुलाई समर्थन गर्ने नै बढी सम्भावना देखिन्छ ।

    आफ्नो चीन भ्रमणको बेलामा नेपालको चुच्चे नक्साप्रति चीनले प्रकाशित गरेको नक्साको प्रधानमन्त्रीले कडा शब्दमा विरोध गर्नु राष्ट्रिय आवश्यकता हो । तर के उनले त्यस प्रकारको कदम उठाउन सक्लान ? त्यसको कमै आशा गर्न सकिन्छ । त्यो अवस्थामा अमेरिकाका साम्राज्यवादी नीतिहरू तथा चीनले पनि नेपालप्रति अपनाएको गलत नीतिका विरुद्ध संघर्ष गर्ने जिम्मेवारी नेपालका जनताको काँधमा आएको छ र त्यसका लागि हामीले सम्पूर्ण नेपाली जनताको ध्यान आकर्षित गराउन चाहन्छौँ ।

    अन्तमा हामीले यो पनि स्पष्ट गराउन चाहान्छौँ कि नेपाल सरकारले अमेरिकाका साम्राज्यवादी नीति वा चीनको पहिले लिपुलेक र अहिले नेपालको चुच्चे नक्साप्रतिको व्यवहारप्रति सही नीति अपनाउन नसकेमा त्यसप्रति हाम्रो कडा विरोध हुनेछ । तैपनि अहिले हामीले सरकारलाई समर्थन गर्नुको पछाडिको मुख्य कारण गणतन्त्र र धर्मनिरपेक्षताप्रति गठबन्धन सरकारले लिएको अडान नै हो । सरकारको त्यो अडान कायम रहँदासम्म सरकारलाई समर्थन गर्ने हाम्रो नीति कायम नै रहनेछ तर त्यसो गर्ने बेलामा अमेरिकी साम्राज्यवाद वा चीनका माथि उल्लेखित नीतिहरूप्रति सरकारले अपनाउने गलत नीतिहरूको हाम्रो पार्टीले लगातार र दृढतापूर्वक विरोध गरिरहने छ ।

    २०८० भाद्र १४ गते ।
    मोहनविक्रम सिंह
    महामन्त्री

     

     

     

     

     

     

     

     

     

     

    शुक्रबार, भदौ १५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.