विष्णु शर्मा ##
सम्पूर्ण आमाबाबा दिदीबहिनीहरूमा
८० साल तिजको सुभकामना ।
जनसङ्ख्यामा हामी पनि पुरुष हाराहारी हो
एम.सी.सी. को विरुद्धमा उठौँ नारी हो ।।
हामी पनि हौ नारी यो देशका नागरिक
हाम्ले पनि चाहनुपर्छ देशको हकहित ।
यो योजना हाम्रो देशको हितमा कत्ति छैन है
विरोध गरी लागु गर्न दिने होइन है ।।
लागु भयो भनेदेखि एम.सी.सी. को योजना
खुल्ने छन् यसका ठुला घातक योजना ।
निस्कृय पार्ने छ देशको संविधानलाई
ठुला दल लागिपरे देश खानलाई ।।
साम्राज्यवादले क्रिडास्थल बनाउँदै छ देशलाई
सबले बुझौँ अमेरिकाको भित्री भेषलाई ।
यो योजना लागु भए नारी असुरक्षित हुने छ
अमेरिकाको दादागिरीले आकाश छुने छ।
ठुला दल भनाउँदामा दूरदर्शिता भएन
देश बचाउने योजना उनमा रहेन ।
चीनलाई घेराबन्दी गर्न यो योजना आएको
ठुला दलले खोई त नि थाहा पाएको रु
जनताले भोट दिई सत्तामा पठाउँछन्
सुख उनलाई देलान भन्दा दुँख कटाउँछन् ।
भुलाउँदै छन् जनतालाई विकास हुन्छ भनेर
जनता बस्छन् सधैँभरि दिन गनेर ।।
जनमोर्चाले देशैभरि विरोध जुलुस गर्दै छ
देशबिपत्मा नपारौँ है सन्देश छर्दै छ ।
हामी दिदीबहिनीले नि अब कुरा बुझ्नुछ
चेतनाको किरण छर्दै विकट पुग्नुछ ।।
बाल्नुछ सबै मिली विरोधरूपी मसाल
जनमोर्चाको कार्यक्रम सारै असल ।
हरेक गाउँबस्तीबाट सबै नारी उठौँ है
राष्ट्रघातको विरुद्धमा सारा जुटौँ है ।।