काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले चीन भ्रमण रद्द गरेका छन् ।
चीनले नेपालको चुच्चे नक्सा गायब पारेपछि बालेन्द्रले त्यसको प्रतिक्रियास्वरुप पूर्वनिर्धारित पाँच दिने चीन भ्रमण रद्द गरेका हुन् ।
चीनले हालै अरुणान्चलसहितको भूभाग समेटेर आफ्नो नक्सा सार्वजनिक गरेको थियो । जसमा नेपालको चुच्चे नक्सालाई बुच्चे पारिएका छ ।
सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै बालेन्द्रले भनेका छन्, ‘हामी नेपालले २०७७ साल जेठ ७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा निकालेका थियौँ ।
केही दिन पहिले चीनको प्राकृतिक स्रोत मन्त्रालयले उक्त स्थानलाई हटाएर पहिलेको बुच्चे नक्सालाई कायम गरेर नेपालको नक्सा सार्वजनिक गरेको छ ।
नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदम मानेका छौँ ।
त्यसैले आज मेरो, चीनको निमन्त्रणामा हुँदै गरेको ५ दिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको छु ।’
बालेन्द्रले नैतिकताका आधारमा चीन नजाने कुरा गरिरहँदा सत्तारुढा माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी दल एमालेको ठूलोे संख्यामा नेताहरु दुई हप्ता लामो चीन भ्रमणमा जाने तयारीमा छन् ।