• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

शेयर कारोबार पुन : सञ्चालन

पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

प्युठान नारिकोटको फागुन २४ गतेको किसान सङ्घर्ष

"संक्षिप्त संस्मरण शृंखला–२८ "

  •   बिहिबार, भदौ १४, २०८० मा प्रकाशित
  • (गताङ्कदेखि क्रमश:)
    यो कुराको पहिले नै उल्लेख भइसकेको छ कि करिब एक हप्ताको नारिकोटको किसान सङ्घघर्षपछि साहुमुखियाहरू किसानका माग पूरा गर्न सहमत नभएपछि हामीले उनीहरूलाई जबरजस्ती पक्रेर ओखरकोटको मच्छीतिर हिँडाल्यौँ । त्यसपछि साहुमुखियाका मान्छेले बाँजा बजाएर खुङका ठकुरीलाई मदतका लागि बोलाएका थिए । त्यसपछि खुङका ठकुरीहरू कुनै पनि बेला हातहतियारसहित साहुमुखियालाई छुटाउन र हामीमाथि आक्रमण गर्न आइपुग्ने सम्भावना थियो । हामीले एकातिर, किसानका माग पूरा नगराइकन साहुमुखियालाई नछाडदिने दृढनिश्चय गरेका थियौँ भने अर्कातिर, हिंसात्मक भिडन्तलाई पनि सकभर टाल्नेबारे पनि हामीले उच्च सतर्कताको नीति अपनाएका थियौँ ।

    Advertisement

    नारिकोटबाट मच्छीतिर जाने मूल बाटो तल्लो नारिकोटको देउरालीतिरबाट जान्थ्यो । त्यो बाटो जाँदा साहुका मान्छेले हामीलाई माथिबाट आक्रमण गर्ने सम्भावना थियो । त्यसैले सुरक्षाको ख्याल गरेर हामी उपल्लो नारिकोटको बाटो भएर बेओरीतिर झर्‍यौँ र त्यहाँबाट दारिमचौर र ढार हुँदै मच्छीतिर लाग्यौँ ।

    मच्छी पुग्दा सबैको खाना तयार भइसकेको थियो । हामी सबैले छिटो छिटो गरेर खाना खायौँ र मच्छीका चारैतिर गार्ड राख्ने व्यवस्था गर्‍यौँ ।

    करिब रातको ११ बजेको समयमा ढारतिरबाट मानिसको ठुलो समूह मच्छीतिर आउन लागेको देखियो । गार्डमा बसेका साथीहरूले तुरुन्तै हामीलाई त्यो कुराको सूचना दिनुभयो ।

    ढारतिरबाट आउने साहुमुखियाका मान्छेहरू राँको र लालटिन बालेर आइरहेका थिए । सायद उनीहरूले हामी सबै जना सुतेका छौँ भन्ने सोचेर त्यसरी निस्फिक्री भएर आइरहेका थिए । राँकोको उज्यालोमा उनीहरूले समातेका बन्दुक, तरबार र लाठी पनि टाढैबाट देखिन्थे । उनीहरू आएको थाहा पाउनेबित्तिकै हामीले तुरुन्तै मोर्चाबन्दी गर्‍यौँ र सुरक्षाको आवश्यक व्यवस्था गर्‍यौँ ।

    त्यो बेलाको सबैभन्दा प्रमुख कार्य साहुमुखियालाई उम्कन नदिनु थियो । हामीले उनीहरूलाई तुरुन्तै पिताजी खिम विक्रमसहितको गार्डका साथ ओखरकोटको खहरेतिर पठाइदियौँ । त्यहाँ बास बसेका किसानमध्ये बुढापाका जस्ता धेरै किसानलाई रिपापाका र चुँधारातिर पढाइदियौँ । ढारतिरबाट मच्छीतिर आउने बाटामाथि जङ्गल पर्दथ्यो । हामीले खगुलालको नेतृत्वमा बाटामाथि लडाकु साथीलाई बन्दुक र ढुङ्गामुढाहरू जम्मा गरेर बस्न लगायौँ ।

    हाम्रो योजना यो थियो : साहुमुखियाका मान्छेहरू बाटैबाटो आउँदै थिए । उनीहरू नजिकै आइसकेपछि हामीले माथिबाट ढुङ्गामुढा बर्साउने र बन्दुकको हवाइफायर गर्ने योजना बनाएका थियौँ । ढुङ्गामुढा गर्दा हामीले यसबारे पनि उच्च सतर्कता अपनाएका थियौँ कि त्यसरी ढुङ्गामुढाबाट कसैलाई चोट नलागोस् । ढुङ्गामुढा र बन्दुकको फायर गर्नुका साथै हामीले ठुलो स्वरले हल्ला पनि गरेका थियौँ ।

    माथिबाट ढुङ्गामुढा र हवाइ फायर तथा ठुलो हल्ला भएपछि नारिकोटबाट आएका मानिसहरू बाटाबाटै फङ्गाल्दै झिम्रुक तरेर तुसाराको पिडाल्नेको फाँटतिर गए । त्यहाँ गहुँको खती थियो । त्यसकारण त्यहाँ लुक्नका लागि उनीहरूलाई सजिलो थियो ।

    ती मानिसहरू राति त्यही बस्छन् वा फर्केर जान्छन् ? त्यो पत्ता लगाउन ढारतिर केही साथीहरूलाई पठाएका थियौँ । तुसाराको पहाडको फेदीमा र खेतको छेउमा यदु गिरीका थारा थिए । एक/दुई जना साथीहरूलाई त्यहाँ पनि निगरानी गर्न पठायौँ ।

    पिडाल्नेतिर भागेर गएका मानिसले केही बेरपछि झिम्रुकको तलतिरको भागबाट नदी तरेर मच्छीतिर आउन प्रयत्न गरेका थिए ।

    त्यसपछि हामीले पहिले बाटामाथि राखेका साथीहरूलाई तलतिर लग्यौँ । बाटामा बसेका लडाकु साथीहरूमध्ये केही साथीलाई बाटामाथि जङ्गलमा बस्न भनेर हामी तलतिर गयौँ । त्यहाँ गएर कैयौँ पल्ट हवाइफायर गर्ने कार्य पनि भयो । त्यसपछि झिम्रुक तरेर आउन थालेका नारिकोटबाट आएका मानिस फर्केर पिडाल्ने खेततिर नै लागे ।

    अब मच्छीमा धेरै बेर बस्दा पुन: कतैतिरबाट आक्रमणको सम्भावना हुन सक्दथ्यो । उनीहरूले पिडाल्नेको खेतैखेत झिम्रुक र गर्तङको दोभानतिर गएर त्यहाँबाट पनि मच्छीतिर आएर आक्रमण गर्न सक्दथे । त्यसैले हामीले राति मच्छीमा बस्नु उचित ठानेनौँ र केही साथीहरूलाई मच्छीका घरमा राख्ने व्यवस्था गरेर शिविरका बाँकी साथीहरू ओखरकोट गाउँतिर निस्कियौँ र त्यहाँका विभिन्न घर र थारामा छरिएर बस्यौँ ।

    केही घण्टापछि पच्छीमा बसेका साथीहरूबाट हामीमाथि आक्रमण गर्न आएका मानिस मच्छीतिर नआएको समाचार प्राप्त भयो । ढारतिर गएर बसेका साथीहरूबाट पनि हामीमाथि आक्रमण गर्न आएका मानिसहरू फर्केर नगएको समाचार प्राप्त भयो ।

    ती समाचार प्राप्त भएपछि हामी बिहान मच्छीतिर झर्‍यौँ । खहरेबाट साहुमुखियालाई पनि मगायौँ र आसपासमा बस्न गएका किसानलाई पनि मच्छीमा नै बोलायौँ । बिहानको खान खाने बेलासम्म त्यहाँ हाम्रा मानिसको ठुलो भिड जम्मा भइसकेको थियो ।

    मच्छी ठाटीको नजिकैको बरको रुखमुनि ठुलो सभा सुरु भयो । त्यो सभामा हामीले साहुमुखियासित किसानका माग पूरा गर्ने कुरा उठायौँ । सुरुमा त उनीहरू अकमकाए तर पछि त्यसका लागि उनीहरू तयार हुँदै गए ।

    त्यही बेला पिडाल्नेतिरबाट लुकेर बसेका साहुमुखियाका मान्छेले दिउसै आएर हामीमाथि आक्रमण गर्ने र साहुमुखियालाई छुटाएर लैजाने योजना बनाएको कुरा थाहा भयो । उनीहरूले एउटा आफ्नो मान्छेद्वारा हामीले पक्रेर राखेका साहुमुखियालाई पनि त्यो समाचार गोप्य रूपले पठाएका थिए । त्यो समाचार पाएपछि केहीबेर पहिले किसानका माग पूरा गर्न तयार भएका उनीहरू आफ्नो

    कुराबाट पछाडि हटे र उनीहरूले नडराइकन भन्न थाले : ‘हाम्रा मान्छेहरू हातहतियारसहित पिडाल्नेको फाँटमा आएर बसेका छन् । उनीहरूले हामीलाई छुटाएर लैजाने छन् । तिमीहरूले हामीलाई केही गर्न सक्दैनौँ ।’

    त्यस प्रकारको बदलिएको स्थितिमाथि विचार गर्न तुरुन्तै पार्टी न्यूक्लसको बैठक बस्यो । लडाकु साथीहरूको पनि इमर्जेन्सी बैठक बस्यो ।

    हामीले साहुमुखियालाई विभिन्न तरिकाले धम्कायौँ र पिडाल्नेका उनीहरूका मान्छेलाई पनि उनीहरूले मच्छीमा आक्रमण गरेमा उनीहरूको पूरै प्रतिकार गर्ने समाचार पनि पठायौँ । हामीले उनीहरूलाई तुरुन्तै पिडाल्नेको खेतबाट फर्केर जान अल्टिमेटम दियौँ अन्यथा कडा आक्रमण गर्ने चेतावनी दियौँ । हामीले यो पनि बतायौँ : उनीहरू त्यहाँबाट हटेर नगएमा साहुमुखियामाथि कडा प्रहार पनि हुन सक्दथ्यो ।

    खगुलालले आमसभामा नै साहुमुखियाको सातो पुत्लो खाने गरेर ठुलो स्वरले गर्जेर यी कुरा भन्नुभएको थियो । उहाँको कुराबाट साहुमुखिया धेरै नै आत्तिए । त्यसपछि उनीहरूले आफूलाई समाचार दिन आएको मान्छेका हात आफ्ना मान्छलाई तुरुन्तै पिडाल्नेबाट हटेर जान समाचार पठाए । त्यसपछि केही बेरमा नै पिडाल्नेको खेत खाली भयो । त्यहाँबाट हामीमाथि आक्रमण गर्न आएका सबै मान्छे फर्केर गए ।

    त्यसपछि साहुमुखियाले जसको खेत जग्गा खाएका थिए वा कीर्ते वा जाली कागजपत्र गरेका थिए, ती सबै फिर्ता गर्ने कबुलियतनामा गरे । त्यसपछि हामीले साहुमुखियालाई मुक्त गरिदियौँ ।

    त्यो घटना २०१० साल फागुन २३ गतेको दिन थियो । अर्का दिन फागुन २४ गतेका दिन बिहान हामी विजयमार्चका साथ रातामाटातिर लाग्यौँ । त्यही दिनलाई हामीले फागुन २४ गतेको किसान आन्दोलन बताउँदै आएका छौँ ।

    नेपालमा प्युठान नारिकोटको फागुन २४ गतेको किसान आन्दोलनभन्दा ठुला ठुला आन्दोलनहरू पाल्पा, काठमाडौँ र तराईका विभिन्न जिल्लामा भएका छन् तर फागुन २४ गतेको आन्दोलनको महत्त्व यो कुरामा छ कि त्यो आन्दोलन पार्टीको प्रत्यक्ष नेतृत्वमा तथा अत्यन्तै योजनबद्ध र सङ्गठित प्रकारले भएको आन्दोलन थियो ।

    फागुन २४ गतेको आन्दोलनपछि जिल्लाका साहुसामन्त, मुखिया र जालीफटाहहरू जिल्लाव्यापी रूपमा हाम्रा विरुद्ध उभिए । झिम्रुक र लुङखोलाको दोभानको छेउमा रहेको बाटुलेचौरमा २०१० साल चैत ५ गते उनीहरूले एउटा ठुलो सभा गरे र त्यो सभामा शिविरको टुसोलाई तुरुन्तै नष्ट गरिदिने निर्णय गरे । त्यसपछि शिविर र हाम्रो पार्टीमाथि उनीहरूले कैयौँ प्रकारका आक्रमण गर्न थाले ।

    त्यो बेला प्युठानको बडाहाकिम प्रतिमान बोहरा हुनुहुन्थ्यो । साहुमुखिया र जालीफटाहाले उहाँकहाँ गएर हाम्रा विरुद्ध कैयौँ उजुरी हाले तर प्रतिमान केही न्यायपरायण व्यक्ति हुनुहुन्थ्यो र उहाँलाई जालीफटाहले किसानमाथि गर्ने अन्याय, अत्याचारबारे पूरै जानकारी थियो । त्यसकारण उहाँले हाम्रा विरुद्ध कुनै कारबाही गर्नुभएन । त्यसपछि उहाँका विरुद्ध कम्युनिस्टसित मिलेको भनेर केन्द्रमा पनि कैयौँ उजुरी परे । त्यसपछि उहाँलाई सिंहदरबारमा झिकाईयो र उहाँका सट्टामा अर्काे एउटा बडाहाकिम पठाइयो । त्यसपछि प्युठानमा व्यापक दमन र धरपकड गर्ने काम गरियो । त्यसको विवरण अर्काे अङ्कमा दिइने छ । (बाँकी अर्काे अङ्कमा)

    बिहिबार, भदौ १४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    ‘अग्निस्पन्दन’ कवितासङ्ग्रहको शल्यक्रिया
    आदर्शको पहाड
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न
    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

    • २.
      कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

    • ३.
      शेयर कारोबार पुन : सञ्चालन

    • ४.
      पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

    • ५.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • ६.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ७.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ८.
      प्रतिनिधिसभाको बैठक बस्दै

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.