पोखरा । कास्कीको पोखरामा राष्ट्रिय जनमोर्चाले एम.सी.सी. कार्यान्वयनको विरुद्धमा विरोधसभा सम्पन्न गरेको छ ।
Advertisement
राजमो प्रदेश अध्यक्ष शङ्कर बरालको प्रमुख आतिथ्यमा २०८० भदौ १३ गते बुधबार सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेता शङ्कर बरालले एम.सी.सी. कार्यान्वयन गराउन वर्तमान सरकारले भूमिका खेलेको बताउनुभयो ।
जनताले एम.सी.सी. लाई अनुमोदन नगरेको स्मरण गराउँदै उहाँले नेपालमा एम.सी.सी. कार्यान्वयन गर्नै नहुने आवश्यकतामा जोड दिनुभयो ।
कार्यक्रमलाई अखिल (छैठौं) का उपाध्यक्ष गणेश अधिकारी, अखिल नेपाल महिला सङ्घ कास्कीकी सचिव लक्ष्मी कुँवर र अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का केन्द्रीय सदस्य नामबहादुर बाठामगरले पनि सम्बोधन गर्नुभएको थियो ।
विरोधसभाको सञ्चालन राजमो कास्कीका अध्यक्ष रविमोहन ढकालले गर्नुभएको थियो ।