काठमाडौं । पाल्पाको जोर्तेमा पहिरोले गाडी पुर्दा तीन जनाको ज्यान गएको छ ।
Advertisement
गुल्मीको तम्घासबाट बुटवलका लागि छुटेको रुरु रेसुङगा यातायात प्रालिको लु १ ज ४६०० नं स्कोरपिओलाई सडक माथिबाट खसेको ठूलो ढुंगा सहितको पहिरोले पुरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने ५ जना यात्रु घाइते भएका छन् । घाइतेलाई उद्धार गरी उपचारका लागि सदरमुकाम तानसेन पठाइएको छ ।
घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको र बाँकीको अवस्था मध्यम रहेको रहेको पाल्पा प्रहरीले जनाएको छ ।
मृतक तीनै जनाको पहिचान खुल्न बाँकी छ ।