जगदीश ढकाल, नेपालगञ्ज ।
Advertisement
बाँके कोहलपुर नगरपालिका वडा नम्बर १ मा अखिल नेपाल महिला सङ्घको टोल समिति गठन भएको छ ।
केन्द्रीय सदस्य पूर्णकला भण्डारीको विशेष उपस्थितिमा २०८० भदौ ११ गते सोमबार सम्पन्न भेलामाझ सो समिति गठन भएको हो ।
भेलामा महिला सङ्घ बाँकेका कोषाध्यक्ष द्रौपता पाण्डे, अखिल नेपाल किसान महासङ्घ (अप्फा) का महासचिव तुलसीराम साप्कोटा, अप्फाकै जिल्ला संयोजक तिलकराज पौडेल, राष्ट्रिय जनमोर्चा कोहलपुरका नगर उपाध्यक्ष बालाराम न्यौपानेलगायतको आतिथ्य रहेको थियोे ।
गठित समितिको अध्यक्षमा मैना लामिछाने रहनुभएको छ भने उपाध्यक्षमा इन्द्रा लामिछाने, सचिवमा सीता लामिछाने, तथा सदस्यरूमा स्नेहा लामिछाने र सीता लामिछाने शाही रहनुभएको छ । सदस्यको दुई स्थान हाललाई रिक्त राखिएको छ ।
