• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

मूल प्रवाहको पूर्वोत्तर भारत क्षेत्रीय सम्मेलन सम्पन्न


  •   सोमबार, भदौ ११, २०८० मा प्रकाशित
  • कोहिमा (भारत) । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको पूर्वोत्तर क्षेत्रीय सम्मेलन सम्पन्न भएको छ ।

    Advertisement

    अध्यक्ष ठाकुर खनालको प्रमुख आतिथ्यमा अगस्त २६ र २ (२०२३) दुई दिन उक्त सम्मेलन सम्पन्न भएको हो ।

    सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख अतिथि खनालले भारतमा दुई खाले नेपालीहरू रहेको र दुबैका राष्ट्रियता अलग अलग भएता पनि समस्या भने समान रहेको बताउनुभयो ।

    ‘प्रवासी नेपाली गासे होइनन्’ उहाँले अगाडि भन्नुभयो– ‘सन् १९५० को नेपाल–भारत सन्धिले भारतमा नेपाली नागरिकलाई भारतीय नागरिक सरह अधिकार र अवसर प्रदान गरेको छ तर व्यवहारमा नेपालीहरू गासेको रूपमा हेर्ने तथा भेदभाव एवम् दुव्र्यवहार गर्ने गरिन्छ । अझ त्यसमा नेपालीहरूले पनि नेपालीसँग भेदभाव गर्नु दुर्भाग्यपूर्ण छ ।’

    ‘सन् १८१६ को सुगौली सन्धिले भारतीय नागरिक बन्न पुगेका नेपालीलाई भारतका समाज र प्रशासनले आजसम्म आफ्नो नागरिकको रूपमा अपनाउन नसक्नु र उनीहरूको भाषा र संस्कृति फरक भएकोले उपेक्षा एवम् भेदभावको शिकार हुनुपरेको कुरा लुकेको छैन’ उहाँले भन्नुभयो ।

    भारत सरकारले अगाडि सारेको एन.आर.सी. ले लाखौँ नेपालीभाषी भारतीय नागरिकताको सम्बन्धमा अयोग्यको सूचीमा परेको उहाँले उल्लेख गर्नुभयो ।

    ‘प्रवासी नेपालीको आफ्नो राष्ट्र छ । कुनै समस्या परे झोला उठाएर नेपाल जान्छन्’ उहाँले भन्नुभयो– ‘तर नेपालीभाषी भारतीय नागरिकको के हुने हो ? आफ्नो देशमा अयोग्यको सूचीमा परेपछि उनीहरूको जाने ठाउँ नै छैन ।’

    उहाँले यस्तो परिस्थितिमा सम्पूर्ण नेपालीभाषी भारतीय नागरिक र प्रवासी नेपाली सहकार्य गरेर अ–आफ्ना हकहितका लागि सङ्घर्ष गर्नुको विकल्प नरहेको बताउनुभयो ।

    सम्मेलनमा केन्द्रीय उपाध्यक्ष कपिल खनाल, अखिल भारत नेपाली विद्यार्थी सङ्घ केन्द्रीय कोषाध्यक्ष अजय रेस्मी, नयाँदिल्ली सांस्कृतिक विभागकी संयोजक तथा कलाकार निर्मला पुनले पनि मन्तव्य दिनुभएको थियो ।

    सम्मेलनले कृष्ण क्षेत्री (गुवाहटी) अध्यक्ष रहनुभएको २१ सदस्यीय पूर्वोत्तर क्षेत्रीय समिति गठन गरेको छ ।

    समितिको उपाध्यक्षमा भीम श्रेष्ठ (कोहिमा), सचिवमा गमबहादुर सुनार (कोहिमा), सहसचिवमा मोहन ठकुरी (लाडरुम्बाई) र कोषाध्यक्ष हिमलाल सापकोटा (कोहिमा) रहनुभएको छ ।

    त्यस्तै, सदस्यहरूमा दलबहादुर नेपाली (गुवाहटी), अमित केसी (ज्वाई), बालकृष्ण शर्मा (आइजोल), शिव खनाल (उम्लाफेर), थानेश्वर पाण्डे (ज्वाई), हरि विक (कोहिमा), अर्जुन खनाल (ज्वाई), हरि केसी (लाडरुम्बाई), मिलन राई (बर्सोरा) तथा एक स्थान रिक्त राखिएको छ ।
    एवम् प्रकारले वैकल्पिक सदस्यहरूमा दलबहादुर खत्री (कोहिमा), हरि सापकोटा (गुवाहटी), अनिता बासुमतरी (गुवाहटी), गोविन्द कोइराला (लाडरुम्बाई), दुर्गाबहादुर नेपाली (शिलोङ) तथा सल्लाहकारहरूमा कुबेर लुइँटेल (सिलिगुडी), लक्ष्मण सापकोटा (गुवाहटी), रघु थापा (सिलिगुडी), गोपीराम विक (ज्वाई) र प्रकाश बुढाथोकी (उम्लाफेर) रहनुभएको छ ।

    घोषणासभाको अध्यक्षता हिमलाल सापकोटाले र सञ्चालन गमबहादुर सुनारले गर्नुभएको थियो ।

    कृष्ण क्षेत्रीको स्वागत मन्तव्य रहेको सो सम्मेलनमा पश्चिमोत्तर क्षेत्रीय समितिका कलाकारद्वारा रोचक जनवादी सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

    सम्मेलनको प्रथम दिन २६ अगस्टका दिन कृष्ण क्षेत्री अध्यक्षता र गमबहादुर सुनारको सञ्चालनमा अगाडि बढेको उद्घाटन समारोहमा प्रमुख अतिथि केन्द्रीय अध्यक्ष ठाकुर खनाल, अतिथिहरू उपाध्यक्ष कपिल खनाल, केन्द्रीय सदस्य हिमलाल सापकोटा, विद्यार्थी नेता अजय रेस्मी, सांस्कृतिक परिवारको कलाकार निर्मला पुनको अतिथि रहनुभएको थियो ।

    त्यसलगत्तै सम्पन्न बन्दशत्रले कार्यसमिति गठन गरेपछि घोषणासभा सम्पन्न भएको थियो ।

    सोमबार, भदौ ११, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.