• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

म्यानपावरले पार्‍यो सात नेपालीलाई अलपत्र, सउदी अरब नेपाली एकता समाजले गर्‍यो उद्धार


  •   आइतबार, भदौ १०, २०८० मा प्रकाशित
  • काठमाडौँ । नेपालको एउटा म्यानपावर कम्पनीले सात जना नेपालीलाई सउदी अरबमा पुर्‍याएर अलपत्र पारेपछि सउदी अरब नेपाली एकता समाजले उद्धार गरेर नेपाल फर्काएको छ ।

    Advertisement

    काठमाडौँको सामाखुसीस्थि ए.एस. म्यानपावरले सात जना नेपाली युवालाई सउदीस्थित नुर रेस्टुरेन्टमा खाना पकाउने कुक (सेफ) मा पठाएको थियो ।

    ती सात जना नेपालीहरू थिए : गुल्मी, कालीगण्डकी गाउँपालिका भयकोटका यमबहादुर सुनार, गुल्मी मुसिकोट गाउँपालिकाका दीपक दमाई, दाङ घोराहीका विजय विश्वकर्मा, पाल्पाका खड्कबहादुर भारम, सिन्धुलीका दिलकुमार माझी, मोरङ पथरीका विशाल पन्धार र कालीगण्डकी गाउँपालिका तोलाकोटका होमबहादुर थापा ।

    उनीहरूलाई मासिक तलब १,४०० र खानाबापत ५०० साउदी रियल दिने सम्झौता भएको थियो । सम्झौतामा दैनिक आठ घटा कामको अवधि हुने तथा यातायात सुविधा, बस्ने सुविधा, बिमा, उपचार र हवाई टिकटको व्यवस्था भएको उल्लेख थियो । सम्झौताको अवधि दुई वर्षको थियो ।

    निज सातै जना युवकहरूले १४ महिनासम्म तोकिएका थिए तर समस्या त्यसपछि पर्‍यो ।

    “अकमा” नपाउँदा समस्या
    त्यसमध्ये पीडित होमबहादुर थापाले युगदर्शनसँग भन्नुभयो– ‘हामीले चौध महिनासम्म तलब पाए पनि “अकमा” पाएनौँ । सउदी अरबमा प्रवासी मजदुरलाई फोनको सिम, उपचारलगायतको सुविधा पाउनका लागि “अकमा” चाहिन्छ ।’

    “अकमा” को अभावमा उनीहरूले प्रवासी नेपाली पाउनुपर्ने कुनै पनि सुविधा पाउन सकेनन् । यहाँसम्म कि दाङका विजय विश्वकर्माको घरमा परिवारका सदस्यको मृत्यु भयो । “अकमा” को अभावमा फर्किन धेरै समस्या व्यहोर्नुपर्‍यो ।

    ‘अकमा नपाएपछि हामीले ए.एस. इन्टरनेसनललाई फोन गर्‍यौँ’ सँगै रहेका विशाल पन्धारले भन्नुभयो– ‘तर उनीहरूबाट कुनै रेस्पोन्स पाएनौँ । त्यसले गर्दा हामी अन्तत: अलपत्र हुनुपर्‍यो ।’

    थापा र पन्धार दुवैका अनुसार “अकमा” नपाएर आधारभूत सुविधा नपाउँदा उनीहरूले ए.एस. इन्टरनेसनलसित पटक पटक सम्पर्क गर्न खोजे तर एकपटक कुरा भएपछि सो म्यानपावरले अर्कोपटक उक्त फोन नम्बर ब्लक गरिदिन्थ्यो ।

    “अकमा” को अभावमा चौध महिनापछि ती सातै जना अलपत्र अवस्थामा पुगे । उनीहरूलाई खान बस्नकै समस्या पर्‍यो ।

    थापाले भन्नुभयो– ‘तीन महिनासम्म हामी सबैले अत्यन्तै दु:ख पायौँ । हामीलाई खान, बस्नकै समस्या पर्‍यो । हामीले अरू नेपाली र अन्य मजदुरको सहयोगले जनतन तीन महिना बाँचेर नेपाल फर्कियौँ ।’

    अरूले पाउथे “अकमा”
    थापा र पन्धारका अनुसार सो रेस्टुरेन्टमा अरू देशमा मजदुरले भने “अकमा” पाएका थिए ।

    ‘अरू देशमा मजदुरले अकमा पाएका थिए’ थापाले भने– ‘हामीलाई भनिन्थ्यो, कम्पनी रेड जोडमा परेकाले हामीलाई “अकमा” दिइएन तर अरू देशमा मजदुरले कसरी त्यही कम्पनीबाट अकमा पाए ? हामीले बुझ्न सकेनौँ ।’

    पन्धारका अनुसार तिनै “अकमा” पाएकामध्ये एक जनाले वाइफाइ राखिदिएका थिए । ‘ती व्यक्तिलाई शुल्क तिरेर हामीले नेपालमा घरपरिवारसँग सम्पर्क गर्दथ्यौँ’ उनले भने ।

    एकता समाजलाई धन्यवाद
    आफू अलपत्र परेपछि सउदी अरब नेपाली एकता समाजसित सम्पर्क गरेको र एकता समाजमार्फत नै सउदी अरबस्थित नेपाली राजदूताबाससँग सम्पर्क गरेर नेपाल फर्किएको उनीहरूले बताए ।

    ‘विशेष गरेर सउदी अरब नेपाली एकता समाज र सउदीस्थित नेपाली राजदूत नवराज सुवेदीलाई हामी धन्यवाद दिन चाहन्छौँ’ पन्धारले भन्नुभयो– ‘खासगरी एकता समाजका राजकुमार धिताल सरको सहयोगले हामी नेपाल फर्कियौँ ।’

    एकता समाजले पहल गरेपछि दूतावासले एक्जिट भिसा दिएको उनीहरूले बताए । ‘त्यसपछि मात्रै हामी आफ्नो सग्लो जिउ लिएर नेपाल फर्किन सक्यौँ’ थापाले भने ।

    यता, सउदी अरब नेपाली एकता समाजका अध्यक्ष राजकुमार धितालका अनुसार पीडित ती नेपालीको समूहलाई नेपाल फिर्ता गराउनका लागि राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेल र अर्का केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सांसद तारा थापाले पनि भूमिका खेल्नुभएको थियो ।

    उनीहरू फरक फरक मितिमा नेपाल फर्किए । अहिले सबै आआफ्ना जिल्लामा रहेको थापाले बताए । त्यसमध्ये थापा र पन्धार पुन: विदेश जाने तयारीमा छन् ।

    लागत कति ?
    उनीहरू सातै जनाले ए.एस. म्यानपावरलाई फरक फरक रकम बुझाएका थिए । त्यो रकम एक लाख ४० हजारदेखि एक लाख ७५ हजारसम्म थियो ।

    ‘हामी सातै जनाले फरक फरक रकम बुझाएका थियौँ’ थापाले भने– ‘तर हामी कसैले पनि पूरा रकमअनुसारको रसिद पाएनौँ ।’

    उनीहरूका अनुसार म्यानपावर कम्पनीले सकेसम्म नगद नै रकम बुझ्ने गरेको थियो । यहाँसम्म कि सकेसम्म उनीहरू बैङ्कबाट पनि तलब बुझ्न मान्दैनथे ।

    ‘हामीले बैङ्कमार्फत रकम बुझाउन खोजेका थियौँ’ थापाले भने– ‘तर केही रकम मात्रै बैङ्कबाट पठाइयो । मैले साठी हजार रकम मात्रै बैङ्कबाट पठाएँ ।’

    के चाहान्छन् पीडितहरू
    युगदर्शनसितको कुराकानीमा उनीहरू उक्त म्यानपावर कम्पनीमाथि कानुनअनुसार कडा कारबाही होस् भन्ने चाहान्छन् ।

    ‘हाम्रा माग दुईओटा छ’ थापा र पन्धारले भने– ‘एउटा त हामीले २४ महिनाको सम्झौता गरेर गएकाले बाँकी आठ महिनाको क्षतिपूर्ति पाउनुपर्दछ । अर्को, यस खालको नेपालीलाई अलपत्र पार्ने म्यानपावर कम्पनीलाई कडाभन्दा कडा कारबाही गरिनुपर्दछ, जसले गर्दा अरू नेपालीहरू ठगिन नपाउन् ।’

    नेपाल फर्किएपछि पीडितहरूमध्ये कतिपयले सुरुमा आफ्ना एजेन्टमार्फत् न्याय पाउने आशा गरेको भए पनि अहिले भने ती एजेन्टले कुनै पनि प्रकारको सहयोग नगरेको उनीहरू बताए ।

    ‘हामीलाई तनहुँका सन्तोष श्रेष्ठ र गुल्मीका काशिराम बागदासले साउदी पठाउन भूमिका खेले’ थापा र पन्धारले भने– ‘तर अहिले उनीहरूले हाम्रो समस्याको बारेमा कुनै सहयोग गरेनन् ।’

    उनीहरूले जोड दिएर भने– ‘यस खालका ठगी गर्ने नेपालीहरूमाथि कडाभन्दा कारबाही होस् । हामी यही चाहान्छौँ ।’

    ए.एस. इन्टरनेसनलका कागजात

    आइतबार, भदौ १०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.