दाङ । दाङको घोराहीमा अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्घको घोराही नगर समिति गठन भएको छ ।
२०८० भदौ १० गते आइतबार दाङको घोराहीमा सम्पन्न भएको भेलाले सो समिति गठन गरेको हो ।
नगर समितिको अध्यक्षमा रामप्रसाद पोख्रेल रहनुभएको छ ।
त्यस्तै, भेलाबाट ६५ सदस्यीय नगर समिति, १५ सदस्यीय सचिवालय र तीन सदस्यीय सल्लाहकार चयन गरिएको छ ।
समितिको उपाध्यक्षमा आशाकिरण पाण्डे, सचिवमा मोहन कालाथोकी, सहसचिवमा हरि घर्ती र कोषाध्यक्षमा वसन्त केसी रहनुभएको छ ।
त्यस्तै, सदस्यहरूमा झविन्द्र खनाल, युवराज पोख्रेल, जितबहादुर पुन, वसन्ता पौडेल, विष्णु पन्थी, गोपाल बन्जाडे, सावित्री गौतम, हीरा क्षेत्री, प्रेम सुनार, कमल खडका, युवराज खनाल, भरत पर्छाइ, सन्तराम श्रेष्ठ, वसन्त वली, वेदुराम भुसाल, पूर्ण नेपाली, कृष्ण खनाल, केशव खनाल, बुद्धिराम खरेल, रामबहादुर केसी, विनोद पाण्डे, मनिराम पोख्रेल, जितमान पुन, केशव खरेल, रूपलाल बुढा, डोरबहादुर केसी, सन्तोष नेपाली, भीमनारायण पुरी, श्रवण रावत, रामबहादुर कार्की, मियालाल सार्की, वसन्त रावत, बाबुराम खनाल, कर्णबहादुर रावत, कल्पना घर्ती, लङ्कबहादुर बुढाथोकी, रेशम केसी, बाबुराम भुसाललगायत रहनुभएको छ ।
एवम् प्रकारले समितिको सल्लाहकारमा कुलदीप न्यौपाने, चन्द्रमणि गैरे र राधा बन्जाडे रहनुभएको छ ।
भेलाले चयन गरेको सचिवालयमा हरि बन्जाडे, मेघप्रसाद खरेल, भूवानन्द बन्जाडे, भीमकान्त पन्थी, कमल पन्थी, नसिब मिया, हरि नेपाली, नरेश खड्का, हरि खनाल, श्याम पुन रहनुभएको छ ।
भेलामा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष गणेश आचार्यले सङ्गठन र देशको राजनीतिको विषयमा समसामयिक प्रशिक्षणात्मक मन्तव्य राख्नुभएको थियोे
भेलाले आगामी असोज महिनामा हुने दाङ जिल्ला उद्यग वाणिज्य सङ्घको निर्वाचनबारे महत्त्वपूर्ण छलफल गरी निर्णयसमेत गरेको प्राप्त समाचारमा उल्लेख छ ।