जमुना शर्मा ##
Advertisement
हजारौँ दु:खसँग गर्दै जाऊँ सामना
नयाँ सालको तिजको शुभकामना
वर्षदिन घुमेर आयो तिजको लहर
चाड मान्न कसैलाई नहोस कहर
दबिएका आवाज र अन्यायलाई चिरेर
नहिँडौँ है देखासिकी नक्कल गरेर
रातो सारी चोली अनि चुरापोते सादा लाऊँ
मौलिक गीत गाएर नाच्न सबै जाऊँ
जे जस्तो छ त्यहि खाऊँ बरु आफ्नो घरैमा
तडकभडक नदेखाऊँ सैँ’को करैमा
महिलामुक्ति आन्दोलन गीत लेखी गाऊँ है
सामन्ती चिन्तनलाई हाम्लै चिनौँ है
अन्याय र अत्याचारको भण्डाफोर गरेर
हिँडौँ अब दिदी बहिनी अघि बढेर
समाजमा बढेका विकृति र व्यभिचार
चिर्दै जाँऊ दिदीबैनी हिंसा अपराध
धेरै सह्यौँ आजसम्म पृथ्वी झैँ भएर
जुर्मुराउँदै उठौँ सबै राँको बालेर
गाउँबस्ती सहरमा यही खबर पुर्याऊँ है
प्रगतिशील गीत गाई तिज मनाऊँ है