काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको बलात्कार मुद्दाकी पीडित किशोरी ‘गौशाला २६’ ले आत्महत्या प्रयास गरेकी छिन्।
Advertisement
उनको अहिले थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था खतरामुक्त रहेको अस्पताल स्रोतले जनाएको छ ।
क्रिकेटर लामिछानेविरुद्धको मुद्दाको आइतबार अन्तिम सुनुवाइको पेशी तोकिएको छ।
जिल्ला अदालतमा मुद्दाको फैसला हुने पेशी तोकिएको एक दिनअघि गौशाला २६ ले आत्महत्याको प्रयास गरेकी हुन्।