सुरत (भारत) । भारत गुजरातको सुरतमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको एरिया समिति निर्माण गरिएको छ ।
Advertisement
पश्चिम भारत क्षेत्रीय समितिअन्तर्गत सुरतको भाग्यदय जिल्लामा अगस्त २४, २०२३ का दिन आयोजित भेलामाझ सो समिति गठन भएको हो ।
नगर अध्यक्ष किशोर ताम्राकार, उपाध्यक्ष प्रकाश जनला र नगर सचिव भीम साउदको विशेष उपस्थितिमा सम्पन्न उक्त भेलाले राउल जनालाको अध्यक्ष रहनुभएको एरिया समिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा प्रकाश टमटा, सचिवमा भीम सुनार, सहसचिवमा अनिल टमटा र कोषाध्यक्षमा निरुजन विश्वकर्मा रहनुभएको छ ।
त्यसैगरी, सदस्यहरूमा किरण जनाला, रमेश सोनी, अर्जुन सुनार, सुनिल चौधरी, रामु परियार, रेखा जनाला, पुष्पा टमटा, राजु चुनारा, तपि दर्नाली, सागर लुहार, कृष्ण परियार र शान्ति परियार रहनुभएको छ ।