• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, कार्तिक १२, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार

‘अर्नब’ चक्रवातको कारण भिभिन्न राजमार्गहरूमा पहिरोको उच्च जोखिम

कात्तिक १५ गतेदेखि सुरुङमार्गमा शुल्क लाग्ने

अधिकांश मानिस निद्रामै: स्याङ्तान भने च्याउ टिप्न व्यस्त

बिपद् सङ्कटग्रस्त बागलुङका पालिकालाई दुई करोड

हराउँदै काठका सामग्री प्रयोग गर्ने चलन

सिँगा–तातोपानी कुण्डमा उपचार गराउनेको घुइँचो

नेपाल–भारतबिच मानसिक स्वास्थ्य क्षेत्रमा सहकार्य हुँदै

मुस्ताङमा एक अर्ब बढीको स्याउ उत्पादन

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ८. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ९. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • १०. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

ललिता निवास प्रकरण : २८६ जना प्रतिवादी, मुख्य योजनाकार भाटभटेनीका मालिक मीनबहादुर


  •   बिहिबार, भदौ ०७, २०८० मा प्रकाशित
  • काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा प्रकरणमा मुख्य अभियुक्त भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङ रहेको ठहर गरेको छ।

    Advertisement

    बिहीबार सीआईबीले अनुसन्धान प्रतिवेदनको फाइल सरकारी वकिलकहाँ बुझाएको छ।

    ललिता निवासको ११३ रोपनी भन्दा धेरै सरकारी जग्गा प्रकरणमा प्रहरीले व्यवसायी गुरुङलाई असार १२ गते पक्राउ गरेको थियो। ललिता निवासको सरकारी जग्गा हिनामिना गर्न सुरुदेखिकै योजनाकारका रुपमा प्रहरीले मीनबहादुरविरुद्धको फाइल उठाएको हो।

    सीआईबीको प्रतिवेदनले प्रतिवादी गुरुङले अरु मुख्य प्रतिवादी शोभाकान्त ढकाल, कुमार रेग्मी, विजेन्द्र जोशीसमेतको मिलेमतोमा सरकारी जग्गा हिनामिना र किनबेच गरेको देखिएको किटान गरेको छ।

    सरकारी सार्वजनिक जग्गालाई व्यक्ति विशेषको नाममा नामसारी र दाखा खारेज गरि गराई कृत्रिम मोहीहरुका नाममा जग्गा ल्याई आफ्नो अनुकुल र परिवारभित्रका व्यक्तिहरुको नाममा ल्याएको प्रतिवेदनमा उल्लेख छ।

    प्रतिवेदनले ललिता निवास क्याम्पभित्रको तत्कालीन समरजंग कम्पनीको नाममा कायम रहेको जग्गाधनी दर्ता श्रेस्ता कट्टा गरी आफू र आफन्तसमेत सञ्चालक रहेको कम्पनीको नाममा हाल साविक गर्ने–गराउने कार्यमा संलग्न भएको देखिएको ठहर गरेको छ। त्यसबाट गुरुङ ललिता निवासको जग्गा हिनामिना कसुरमा मुख्य रुपमा संलग्न रहेको प्रष्ट देखिएको प्रतिवेदनमा उल्लेख छ।

    प्रतिवेदनमा उल्लेख भए अनुसार ४ अर्ब ९१ करोड ८१ लाख २४ हजार ६ सय ४६ रुपैयाँ बीगो कायम गर्न माग भएको छ।
    सो प्रकरणमा सीआईबीले २८६ जनालाई प्रतिवादी बनाउन राय दिएको छ।

    पूर्वमन्त्रीहरु विजयकुमार गच्छदार, डम्बर श्रेष्ठ, चन्द्रदेव जोशी र संजय साहलाई पनि प्रतिवादी बनाइएको छ। तर उनीहरु सबैलाई फरारको सूचीमा राखेर अनुसन्धान प्रतिवेदन बुझाइएको छ।

    जोशी र गच्छदारले भने सीआईबीमै उपस्थित भएर बयान समेत दिएका थिए।

    कतिपयलाई भने जग्गा फिर्ताको प्रयोजनका लागि मात्रै प्रतिवादी बनाइएको छ। उनीहरुले यसअघि नै सीआईबीमा निवेदन दिएर जग्गा फिर्ता गर्ने प्रतिवद्धता जनाइसकेका छन्।

    बिहिबार, भदौ ०७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार
    ‘अर्नब’ चक्रवातको कारण भिभिन्न राजमार्गहरूमा पहिरोको उच्च जोखिम
    कात्तिक १५ गतेदेखि सुरुङमार्गमा शुल्क लाग्ने
    अधिकांश मानिस निद्रामै: स्याङ्तान भने च्याउ टिप्न व्यस्त
    बिपद् सङ्कटग्रस्त बागलुङका पालिकालाई दुई करोड
    हराउँदै काठका सामग्री प्रयोग गर्ने चलन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार

    • २.
      ‘अर्नब’ चक्रवातको कारण भिभिन्न राजमार्गहरूमा पहिरोको उच्च जोखिम

    • ३.
      कात्तिक १५ गतेदेखि सुरुङमार्गमा शुल्क लाग्ने

    • ४.
      अधिकांश मानिस निद्रामै: स्याङ्तान भने च्याउ टिप्न व्यस्त

    • ५.
      बिपद् सङ्कटग्रस्त बागलुङका पालिकालाई दुई करोड

    • ६.
      हराउँदै काठका सामग्री प्रयोग गर्ने चलन

    • ७.
      सिँगा–तातोपानी कुण्डमा उपचार गराउनेको घुइँचो

    • ८.
      नेपाल–भारतबिच मानसिक स्वास्थ्य क्षेत्रमा सहकार्य हुँदै

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.