रवि पौडेल ##
Advertisement
वर्षौं भयो देशमा रोजगार आशा गरेको
पटक पटक यी सरकारको भर परेको
एउटा सरकार आउँछ एउटा आशा देखाउँछ
सम्झौता गर्दै जान्छ विदेश भगाउँछ
डिग्री लिएको सर्टिफिकेट बाकसमा थन्का’छु
झुटो होइन यो कुरा गीतमै रन्काउँछु
रोजगार नपाई लाखौँ युवा खाडीमा तड्पिन्छन्
विकास भा’छ भन्दै नेता देशमा कड्किन्छन्
देशमा एउटा विकास भा’छ भ्रष्टाचार र लुटको
अदालतमा मुद्दा जान्छ आदेश दिन्छ छुटको
नेतादेखि वकिलसम्म मिलिभगत गर्दछन्
कानुन खोटो भएपछि जनता मारमा पर्दछन्
रोजगार पाउने सपना नि चकनाचुर भा’को छ
भूमाफिया र लाचारीको सरकार आ’को छ
यो देशमा जनताको सरकार कहिले आउने हो
आफ्नै देशमा रोजगार हाम्ले कहिले पाउने हो