दिनेश रैदास, दाङ ।
Advertisement
दाङको राजपुरबाट एक बालक बेपत्ता भएका छन् ।
राजपुर गाँउपालिका–३ भैसहवाका १४ वर्षीय सन्देश यादव आफ्नै घरबाट गत साउन ३२ गते बिहानको करिब ८ बजे साइकल लिएर निस्केको तर अहिलेसम्म सम्पर्कमा नआएको उनको आमा निर्मला यादवले बताउनुभयो।
उहाँले उक्त दिन राजपुर–२ बेला पर्ने आफ्नो बहिनीको घरमा पूजा रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘हामी साँझसम्म त सायद पूजा घरमा गएको होलान् भन्ने आशमै थियौँ तर साँझ घर नफर्किदा आफ्नो ठुलो छोरालाई पठाउँदा त्यहाँ नरहेको पाइयो ।
उहाँले घरबाट निस्केदेखि अहिलेसम्म न साइकलको पत्ता न छोराको अत्तोपत्तो नभएको बताउनुभयो ।
उमेर १४ वर्ष रहेका सन्देश यादव आशाराम यादवका छोरा हुन् । उनी अझैसम्म हराइरहेका र कसैले फेला परेमा ९८२९५३१००७, ९८४११२६००९ वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरिदिन अनुरोध गरिएको छ ।