चितवन । हेटौंडा–भरतपुर–बर्दघाट प्रसारण लाइन आज ९मंगलबार०देखि सञ्चालनमा आएको छ । यो सँगै नेपाल विद्युत प्राधिकरण भरतपुरको आँपटारीमा २२० केभीको सबस्टेसन पनि सञ्चालनमा आएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार आयोजनाको उद्घाटन गरे ।
मर्स्याङ्दी कोरिडोर २२० केभी प्रसारण लाइन आयोजना २२०/१३२ केभी, भरतपुर सबस्टेशन र हेटौँडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजना तथा १२० केभी सबस्टेसनको एकै पटक उद्घाटन गरिएको हो।
कार्यक्रममा प्राधिकरणका उप कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले सबस्टेसन निर्माण १ अर्ब ५२ करोड रूपैयाँ लागत रहेको जानकारी दिए।
सबस्टेसन निर्माणमा युरोपियन युनियनको ऋण सहयोग रहेको छ।
त्यस्तै हेटौँडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन ५ अर्ब ५२ करोड लागतमा निर्माण भएको उनले जानकारी दिए। यस आयोजना निर्माणमा नेपाल सरकारसँगै विश्व बैंककोसमेत ऋण लगानी रहेको छ।