काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा शीतल निवासमा सर्वदलीय बैठक बसिरहेको छ ।
Advertisement
संसदमा हिजोसम्म जारी अवरोध हटाउन राष्ट्रपतिले पूर्वनिर्धारित कार्यक्रम अनुसार सर्वदलीय बैठक बोलाएका हुन् । यद्यपी हिजो मध्यराति दलहरुबीच सहमति भएपछि संसदको अवरोध हटेको छ ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले एक महिनादेखि संसद्मा गरिरहेको अवरोध खुलाउने विषयमा राष्ट्रपतिद्वारा आइतबार नै निर्धारित समयअनुसार आज सर्वदलीय बैठक बसेको हो।
आजको सर्वदलीय बैठकमा राष्ट्रपतिले दलहरूसँग देशका अन्य समसामयिक विषयमा छलफल गर्ने शीतल निवास स्रोतले जानकारी दिएको छ।