• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

भदौमै पाक्न थाल्यो सुन्तला, बिक्रीका लागि तयारी


  •   आइतबार, भदौ ०३, २०८० मा प्रकाशित
  • स्याङ्जा । स्याङ्जामा भदौमै सुन्तला पाकेर बिक्रीका लागि तयारी गरिएको छ ।

    Advertisement

    पुतलीबजार नगरपालिका–११, मायाटारीका बोधराज अर्यालले लगाएको उन्सु जातको सुन्तला साउनको अन्तिम साताबाटै पाक्न सुरु भएको हो । उहाँको फार्म करिब एक सय ५० रोपनी क्षेत्रफलमा फैलिएको छ ।

    अर्यालको फार्ममा सुन्तला बँगैचामा उन्सुसहित १५ प्रजातिका १३ सय सुन्तला, अमिला जातका फलफूल, कफी, अदुवा, बेसार, तेजपत्ता, टिमुर, जुनारलगायत ३५ भन्दा धेरै कृषिउपज उत्पादन हुन्छन् । उहाँले वार्षिक रु १५ लाखको मात्र सुन्तला बिक्री गर्दै आउनुभएको छ ।

    शान्ति कफी टे«ड र मायाटारी कफी उद्योग दर्ता गरेर उहाँले कृषि व्यवसाय सञ्चालन गर्नुभएको छ । सुन्तला उत्पादनका लागि उपयुक्त हावापानी भएको स्याङ्जामा स्थानीयसहित विभिन्न प्रजातिका सुन्तला उत्पादन हुँदै आएका छन् । ‘साउनदेखि फागुनसम्म’ ताजा सुन्तला भन्ने नारासहित साउन, भदौमा उत्पादन दिने जापानिज उन्सु जातको सुन्तला लगाएको अर्यालले जानकारी दिनुभयो ।

    “उन्सु जातको सुन्तला मात्र एक सय बोट छन्”, उहाँले भन्नुभयो, “अहिले ४० बोटले उत्पादन दिएका छन् भने ६० बोट उत्पादनका लागि ठिक्क छन् ।”

    उन्सु जातका सुन्तलाका दाना ठूल्ठूला र निकै स्वादिला हुने उहाँले बताउनुभयो । “बेमौसममा फलेका कारण स्याउको मूल्यमा बिक्री हुन्छ”, कृषक अर्यालले भन्नुभयो, “अहिले घरमा आउने पाहुनालाई खुवाउने र कोसेलीका रुपमा दिने गरेका छौँ ।” उहाँले उन्सु जातका सुन्तलाले एक/दुई वर्षमै स्याङ्जामा राम्रो उत्पादन दिने बताउनुभयो ।

    “कीर्तिपुरस्थित राष्ट्रिय सुन्तला अनुसन्धान केन्द्रबाट दुई उन्सु जातका बेर्ना ल्याएर लगाएको थिए”, उहाँले भन्नुभयो, “सुन्तला हुर्केपछि कलमी गरेर एक सय बोट उत्पादन दिने खालका सुन्तला बनाएको छु, नर्सरीमा किन्न चाहनेका लागि थुप्रै कलमी बिरुवा तयार गरेको छु ।”

    अर्यालले २०४९ सालमा १० बोटबाट सुन्तलाको व्यावसायिक खेती सुरु गर्नुभएको थियो । “तत्कालीन समयमा गाउँमा ओमबहादुर केसी नाम गर्नुभएका ज्येष्ठ बुवा हुनुहुन्थ्यो”, उहाँले गाउँभरिका सबैलाई सुन्तला रोप्नुपर्छ भनेर नि:शुल्क बिरुवा दिनुहुन्थ्यो”, उहाँले पुराना दिन सम्झनुभयो, “उहाँकै प्रेरणा र हौसलाका कारण सुन्तला खेतीमा लागेको छु ।”

    अर्यालको फार्मका उत्पादन वस्तु विगत १६ वर्षदेखि जापान निर्यात हुँदै आएका छन् । उहाँले विशेष गरेर कफी, सुन्तला, अदुवा, बेसार, तेजपत्ता, टिमुर, जुनार, जामलगायत ३५ भन्दा धेरै सामग्री जापान पठाउँदै आएको बताउनुभयो । उहाँले पुतलीबजार–१२ पेल्काचौरमा ३० देखि ४० हजार कलमी सुन्तलाका बिरुवा उत्पादन गर्ने उद्देश्यसहित उच्च प्रविधिको नर्सरीसमेत बनाउनुभएको छ ।

    उहाँले उत्पादन गरेको सुन्तला काठमाडाँै, बुटवल, भैरहवालगायतका स्थानमा निर्यात हुने गरेको छ । कृषि क्षेत्रमा तीनै तहका सरकारको राम्रो सहयोग पाएको उहाँको भनाइ छ । अर्यालकी श्रीमती उमाले श्रीमान्को कृषि कर्मले सामाजिक प्रतिष्ठा निर्माण भएको बताउनुभयो ।

    छोरा उभित उहाँको कामलाई सघाउनसक्ने हुनुभएको छ । छोरी अनुषा पोखरामा अध्यनरत रहेको सुनाउँदै उभितले फार्म व्यवस्थापनको भूमिका राम्रोसँग निभाउन थालेको अर्यालले बताउनुभयो । स्याङ्जामा सुन्तला खेतीको सम्भावना राम्रो भएकाले अध्ययन र अनुसन्धान गरेर लाग्न नयाँ आउन चाहने कृषकलाई उहाँको सुझाव छ ।

    अर्यालले एक सय बढी कृषिसम्बन्धी तालिम लिनुभएको छ । उहाँले हाल सुन्तला र कफीसम्बन्धी जिल्ला बाहिर र जिल्लाभित्र प्रशिक्षकका रुपमा तालिमसमेत दिँदै आइरहनुभएको छ । उहाँको फार्ममा अहिले पाँच जनाले रोजगारी पाएका छन् भने सुन्तलाको याममा २० जनासम्मले रोजगारी पाउने गरेका छन् ।

    कृषि ज्ञानकेन्द्र स्याङ्जाका प्रमुख विनोद हमालले जिल्लामा पुतलीबजार, अर्जुनचौपारी र वालिङ नगरपालिकामा उन्सु जातको सुन्तलाखेती व्यावसायिकरुपमा गर्न थालिएको बताउनुभयो । उहाँले स्याङ्जामा २२ सय हेक्टर क्षेत्रफलमा सुन्तलाखेती हुँदै आएको जानकारी दिनुभयो ।

    “यहाँ वार्षिक रु १० लाखभन्दा धेरै आम्दानी गर्ने व्यावसायिक कृषक पाँच सयभन्दा धेरै छन्, सहकारी, समूहलगायत रु १० लाखभन्दा कम आम्दानी गर्ने कृषक हजारौँको सङ्ख्यामा छन्”, प्रमुख हमालले भन्नुभयो, “यहाँ सुन्तला खेतीका लागि उपयुक्त माटो र हावापानी राम्रो भएकाले किसान सुन्तला खेतीप्रति आकर्षित भएका हुन् ।” उहाँले सुन्तला ग्रेडिङ गर्ने मेसिन स्याङ्जामा मात्र रहेको जानकारी दिनुभयो ।

    उहाँका अनुसार कृषि ज्ञान केन्द्रले सुन्तलाखेती विस्तारका लागि बगैँचा व्यवस्थापन, रोग किरा व्यवस्थापन, नि:शुल्क बिरुवा वितरण, बारबन्देजलगायतका कार्यक्रम सञ्चालन गरिरहेको छ ।

    आइतबार, भदौ ०३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.