• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

स्याङजाको कालीगण्डकीमा हप्तामा एक दिन केराको परिकार खानैपर्ने


  •   शनिबार, भदौ ०२, २०८० मा प्रकाशित
  • स्याङजाबजार । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले हप्ताको एक दिन केराको फलबाट बनेका परिकार अनिवार्य गरेको छ ।

    Advertisement

    गाउँपालिकाले प्रत्येक हप्ताको बुधबार गाउँपालिकाको कार्यालय, कालीगण्डकी अस्पताल, वडा कार्यालय र विद्यालयमा रहेका चमेनागृहमा केराबाट बनेका परिकार प्रयोगलाई अनिवार्य गरेको गाउँपालिकाका अध्यक्षखिम बहादुर थापाले जानकारी दिनुभयो ।

    गाउँपालिकाले दिएको तालिम लिएपछि यहाँका किसानले केराको खेरा जाने कच्चा पदार्थबाट हस्तकलाका सामग्री बनाउँदै आएका छन् ।

    उहाँले उत्पादित केराको खपत पालिकाभित्रै गर्ने, उपभोक्ताका रूपमा पालिकाभित्रकै नागरिकलाई प्राथामिकता दिने उद्देश्यसहित पालिकाले यस्तो निर्णय गरेको जानकारी दिनुभयो । ‘गाउँपालिकाको निर्णय सबैका लागि स्वरोजगारको माध्यम बन्ने छ’ उहाँले भन्नुभयो ।

    गत साउन ३२ गतेको पालिकाको निर्णय अनुसार केरा खेतीको प्रोत्साहन र कृषकको बजारको सहज पहुँचका लागि यो निर्णय गरिएको उहाँको भनाइ छ । थापाले केरा खेती गर्ने कृषकलाई यो निर्णयले उत्प्रेरणा र सहजिकरण गर्ने बताउनुभयो ।

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डेले भदौको पहिलो बुधबारदेखि यो कार्यक्रम तोकिएका स्थानमा लागु गरिने जानकारी दिनुभयो । उहाँले सम्बन्धित कार्यालयलाई हरेक बुधबार केराका परिकार खुवाउनुपर्ने परिपत्र बठाइएको बताउनुभयो । पाण्डेले पहिलो चरणमा केराको सेलरोटी, पकौडा, आचार, चुकौनी, ससेजलगायतका परिकार बन्ने बताउनुभयो ।

    ‘आउने बुधबारदेखि गाउँपालिका र कालीगण्डकी अस्पतालको चमेनागृहबाट सुरुआत गर्नेछौँ । क्रमश: वडा कार्यालय, विद्यालय र विद्यालयमा सञ्चालित दिवाखाजा कार्यक्रममा समेत यसलाई समेट्ने छौँ’ उहाँले भन्नुभयो– ‘हामीले पालिकाभित्रका सम्पूर्ण होटल, खाजाघर, घरबासलगायतका भान्सेलाई यससम्बन्धी तालिम दिने योजना बनाएका छौँ । त्यसपश्चात अझ धेरै केराका परिकार बन्ने छन् ।’

    गाउँपालिकाले केराजन्य कच्चा पदार्थबाट जुस र हस्तकलाका सामग्री बनाएर रोजगार दिने योजना अगाडि बढाएको छ । यसअघि “एक घर एक रोजगार” सिर्जना गर्ने उद्देश्यसहित पालिकाभित्रका नागरिकलाई हस्तकलाका सामग्री बनाउन तालिम दिइएको थियो ।

    प्रशासकीय अधिकृत पाण्डेका अनुसार पालिकाले बृहत रूपमा केराखेती गरेर फल उत्पादन गर्ने, फलको विभिन्न खानाका परिकार बनाउने, थामको जुस, गलैँचा, मुडा, चप्पल, चकटी, धागो, खादा पातको टपरी बनाउने र रोजगार दिने योजना अगाडि बढाएको छ ।

    ‘गाउँपालिकाबाट तीन विद्यालय र ९० किसानलाई २० हजार केराका विरुवा वितरण गरिएको छ’ पाण्डेले भन्नुभयो– ‘हाल १८ हजार बिरुवा हुर्किरहेका छन् । यो योजनाबाट प्रत्यक्ष र अप्रत्यक्ष रूपमा करिब नौ सय जना स्वरोजगार बन्ने पालिकाको विश्वास छ ।’ (रासस)

    शनिबार, भदौ ०२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.