• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

विद्युतीय स्कुटर ‘एनआइयू (न्यू)’ खरिद गर्दा सहुलयित कर्जा पाइने


  •   बिहिबार, साउन ३२, २०८० मा प्रकाशित
  • काठमाडौँ । पछिल्लो समय सहरी क्षेत्रका उपभोक्ता विद्युतीय स्कुटरप्रति थप आकर्षित हुन थालेका छन् ।

    Advertisement

    विद्युतीय स्कुटरमा जडान भएका उच्च क्षमताका ‘मोटर पावर’ले उकालोमा समेत सहज यात्रा, रेञ्ज (गति) उच्च, गुणस्तरीय एवं विश्वासनीय उत्पादक कम्पनीका स्कुटर तथा बैंकिङ क्षेत्रले लगानी गर्न थालेसँगै विद्युतीय विशेष गरी युवापुस्ता लागि यस्ता स्कुटर रोजाइमा पर्न थालेको हो ।

    पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई कम गर्दै विद्युतीय सवारीसाधन प्रयोग बढाउँदै तथा प्रवद्र्धन गर्दै जाने सरकारको नीतिसमेत रहेको छ ।

    यसैबीच नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले विद्युतीय स्कुटरलाई उच्च प्रवद्र्धन गर्न सुरुआत गरेको छ । बैंकले चारपाङ्ग्रे विद्युतीय सवारीसाधनलाई उपलब्ध गराउँदै आएको सहुलियत पूर्ण कर्जा विद्युतीय स्कुटरलाई पनि उपलब्ध गराउने नीति कार्यान्वयनमा ल्याएको छ । यसका लागि बैंक र इको इन्फिनिटी प्रालीबीच द्विपक्षीय सम्झौता भएको छ ।

    नेपालमा इको इन्फिनिटीले ‘एनआइयू (न्यू) इलेक्ट्रिक’ नामक विद्युतीय स्कुटर पहिलो पटक सन् २०१७ मा भित्र्याएको थियो । सो सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र इको इन्फिनिटी प्रालिका प्रमुख कार्यकारी अधिकृत डा मौसम बोहराले हस्ताक्षर गर्नुभयो ।

    सो सम्झौताअनुसार अब बैंकले ‘अटो लोन’अन्तर्गत सो कम्पनीद्वारा आयातित ‘न्यू इलेक्ट्रिक’ स्कुटर खरिद गर्दा ८० प्रतिशतसम्म किस्तामा ‘लोन’ प्रवाह गर्नेछ । यस्तो लोन स्कुटरको ‘वारेन्टी’ का आधारमा चार वर्षसम्म हुने जनाइएको छ । सम्झौता हस्ताक्षरपछि बैंकका प्रमुख कार्यकारी अधिकृत पाण्डेले वातावरण संरक्षणका लागि नेपालमा विद्युतीय स्कुटर प्रवद्र्धन गर्दै उपभोक्तालाई यसका बानी पार्नु आवश्यक रहेको बताउनुभयो ।

    उहाँले भन्नुभयो, “बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत इको इन्फिनिटी प्रालिसँग सहकार्य गरेको हो । यो सहकार्यले विद्युतीय स्कुटर प्रयोग गर्न चाहने उपभोक्तालाई कोशेढुङ्गाको काम गर्ने मैले विश्वास लिएको छु ।”

    इको इन्फिनिटी प्रालिका प्रमुख कार्यकारी अधिकृत डा बोहराले नेपालमा विद्युतीय सवारी साधनको प्रयोगमा उपभोक्तालाई बानी पार्न आफ्नो कम्पनीले सेवाको भावले काम गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “न्यू दुईपाङ्ग्रे सवारीसाधन ‘स्मार्ट अर्बन मोबिलिटी’को अग्रणी प्रदायकका रूपमा विकसित हुँदै गएको छ । नेपालमा ८५ हजारभन्दा किलोमिटरभन्दा माथि गुड्न सफल छ ।”

    ‘न्यू’ का ब्याट्री अत्याधुनिक प्रविधियुक्त भएका कारण नेपालमा यसले लोकप्रियता हासिल गर्दै गएको सो प्रालीले जनाएको छ । ‘न्यू’ को पोर्टफोलियोमा छ सिरिजका दुईपाङ्ग्रे सवारीसाधन नेपाली बजारमा उपलब्ध रहेका उहाँले जानकारी दिनुभयो ।

    चौथो पुस्ताका ब्याट्री लिथियम टेक्नोलोजीमा आधारित रहेको र यस्ता सवारीसाधनमा ब्याट्री लामो समयसम्म टिक्नेछ । प्रमुख कार्यकारी अधिकृत निर्देशक डा बोहराले भन्नुभयो, “यस्ता ब्याट्रीले लामो रेञ्ज उपलब्ध गराउँछ । आधुनिक लिथियम आयन ब्याट्री टेक्नोलोजीले सजिलैसँग स्कुटरलाई सक्षम बनाउँछ ।

    यसले प्रदर्शन, सुरक्षा र शैलीमा सम्झौता गर्दैन ।” न्यू इनर्जी टेक्नोलोजीले अनुकूलित स्टेट अफ चार्ज एल्गोरिदम, गतिशील सेल्फ लिर्निग ब्याट्री व्यवस्थापन प्रणाली र कन्फिगर योग्य क्षेत्र उन्मुख नियन्त्रणमार्फत यसको उद्देश्य प्राप्त गर्ने जनाइएको छ ।

    उहाँका अनुसार न्यू स्कुटर उच्च गुणस्तर भएकै कारण गरुडा सेक्युरेटिज तथा गरुडा सपोर्ट सर्भिस र दराज अनलाइन सर्भिसले धेरै सङ्ख्यामा न्यू स्कुटर प्रयोगमा ल्याइराखेका छन् । पछिल्लो समय नेपालमा पनि सहरी गतिशीलता, अवधारणा र छनोटमा छिटोछिटो परिवर्तन हुँदै गएको छ । यस्ता सवारी साधनले वायु प्रदूषण कम गर्न, सुविधाजनक यात्रा गर्न र आधुनिक वातावरणमैत्री बनाउन कोशेढुङ्गाका रूपमा काम गरेका जनाइएको छ ।

    बिहिबार, साउन ३२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.