शंकरप्रसाद पोख्रेल, बुटवल ।
राष्ट्रिय जनमोर्चा कञ्चन गाउँपालिकाको एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
प्रशिक्षण कार्यक्रममा लेनिनवादी संगठनात्मक सिद्धान्तसम्बन्धमा अखिल नेपाल बुद्धिजीवि संघका केन्द्रीय सचिवालय सदस्य दुर्गानाथ खरेल, संगठन र अनुसासन सम्बन्धमा कम्युनिष्ट संग्राहलयका अध्यक्ष चेतनाथ आचार्य र समसामयिक राजनीतिक सम्बन्धी राष्ट्रिय जनमोर्चा रुपन्देही जिल्ला अध्यक्ष टानबहादुर केसीले प्रशिक्षण दिनुभएको थियो।
लीलाराम खनालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन तुल्सिराम शर्माले गर्नुभएको थियो ।
त्यस्तै, राष्ट्रिय जनमोर्चा कञ्चन गाउँपालिकाका इन्चार्ज लालबहादुर क्षेत्री र जिल्ला सल्लाहकार कृष्ण बम मल्लको पनि उपस्थिति रहेको थियो।
राजमोले रुपन्देहीका विभिन्न स्थानीय तहहरुमा नेकपा (मसाल) को ऐतिहासिक तीन अभियान सम्बन्धी प्रशिक्षण सञ्चालन गरिरहेको छ ।