राजविराज । सुनसरीस्थित सप्तकोशी नदीमा पानीको बहाव यस वर्षकै उच्च मापन गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहका अनुसार पहाडी क्षेत्रमा लगातार भइरहेको वर्षाका कारण बाढी आएपछि कोशी ब्यारेजमा पानीको बहाव उच्च भएको हो ।
पानीको बहाव उच्च भएपछि अहिले कोशी ब्यारेजका ५६ ओटै ढोका खोलिएको छ । प्रहरी नायब उपरीक्षक सिंहले ब्यारेजमा खतराको सङ्केतस्वरूप रातो बत्ती बालिएको जानकारी दिँदै सोमबार बिहान ४ बजे पानीको बहाव चार लाख ६२ हजार क्युसेक मापन भएको बताउनुभयो यद्यपि पानीको बहाव केही घट्दो क्रममा रहेको छ ।
सप्तकोशीमा सन् १९८९ मा चार लाख ७२ हजार क्युसेक मापन भएको थियो । सोमबार बिहान पनि चार बजे चार लाख ६२ हजार क्युसेक मापन गरिएको कोशी ब्यारेज कल्टोल रुमले जनाएको छ । चौिितस वर्षपछि यस वर्ष कोशीमा पानीको बहाव उच्च देखिएको हो ।
पानीको बहाव उच्च भएपछि तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।