टेकराज भुसाल, बुटवल ।
रोट्रयाक्ट क्लब अफ तिलोत्तमा देवदहको अध्यक्षमा विक्रम भुसाल निर्वाचित हुनुभएको छ ।
२०८० साउन २७ गते शनिबार एघारौँ पदस्थापन कार्यक्रममा वर्ष २०२२–२३ का अध्यक्ष मनिराम तिवारीले वर्ष २०२३–२४ का अध्यक्ष जिक्रम भुसाललाई पद हस्तान्तरण गर्नुभएको हो ।
कार्यक्रम वर्ष २०२२–०२३ का मनिराम तिवारी र वर्ष २०२३–२४ का अध्यक्ष विक्रम भुसालको संयुक्त अध्यक्षतामा भएको कार्यक्रममा रोट्रयाक्ट डिस्ट्रिक्ट डिआरआर रोशन कार्कीको प्रमुख आतिथ्यलगायत रोट्रयाक्ट डिस्ट्रक र रोटरी क्लबका अध्यक्ष तथा पूर्व अध्यक्षहरूको विशेष आतिथ्यमा सम्पन्न भएको थियो ।
कार्यक्रममा वर्ष २०२२–२३ का अध्यक्ष मनिराम तिवारीले वर्षभरि गरेका कार्यप्रगति एवम् सामाजिक कामबारे जानकारी तथा क्लबलाई सहयोग गर्ने सम्पूर्णप्रति धन्यवाद व्यक्त गर्दै उत्कृष्ट काम गर्ने सदस्यलाई सम्मान गर्नुभएको थियो ।