• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

शेयर कारोबार पुन : सञ्चालन

पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

समतामूलक कानुन


  •   शनिबार, साउन २७, २०८० मा प्रकाशित
  • विष्णु शर्मा ##

    Advertisement

    असहाय छौ नारी तिमी घरको काम गर्नू
    पुरुषको सदावहार आज्ञाकारी बन्नू ।
    घरको निर्णय उनै गर्छन् तिमी मौन बस्नू
    क्रियान्वयन गर्न भने सदा कम्मर कस्नू ।।

    परिवारलाइ खुसी राख्नू तिमी गम्भीर बन्नू
    बाङ्गाटिङ्गा वचन मानी हजुर हजुर भन्नू ।
    तिम्रा सपनाको घाँटी रेट्नु अरूका साकार पार्नू
    अरूका भावनाको कदर गर्नू तिम्रा भावना मार्नू ।।

    मार्ग लिनू आदर्शवादी भौतिकवादी नलिनू
    छोरीलाई अनपढै राख्नू शिक्षा कदाचित् नदिन् ।
    दिमागमा ताल्चा ठोक्नू बस्नू कान खोली
    आज धर्म गरिराख फल मिल्छ भोलि ।।

    जैविक उत्तराधिकारी छोरालाई नै मान्नू
    छोरी पराइको नासो हुन् यत्ति कुरा जान्नू ।
    पैतृक सम्पत्ति पनि छोरालाई नै दिनू
    छोरीलाई डाँडा कटाई चाडै मुक्ति लिनू ।।

    सामन्ती पाठशालाले यस्ता शिक्षा दिन्छ
    चुप लागे हाम्रा हक सबै उसले लिन्छ ।
    बोल्न दिन्न आज पनि शिर ठाडो पारी
    जनसङ्ख्यामा छौँ नारी आधाभन्दा बढी ।।

    सामान्तवाद गयो भन्छन् संस्कार जीवित छ
    महिला अधिकार आयो, कागजमा सीमित छ ।
    कागजको अधिकारलाई हिँडाउन अब
    सङ्गठित बन्नुपर्‍यो दिदीबहिनी सब ।।

    लोकतन्त्र ल्याउन भनी हामी पनि लड्यौँ
    गाउँ गाउँ बस्तीबाट सबै अघि बढ्यौँ ।
    फल खाँदा सधैँ किनारा हाम्लाई नै लाउँछन्
    महिलाहरूको कोटामा नि पुरुष नै आउँछन् ।।

    हक मिल्दैन एक्लो बनी समूहमा हिँडौँ
    हाम्रो भलो कसले गर्छ सङ्गठन चिनौँ ।
    यो व्यवस्थामा पूर्ण मुक्ति हुने छैन हाम्रो
    परिवर्तनशील सङ्गठन हाम्रा लागि राम्रो ।।

    सही सङ्घमा सामिल भई बौद्विक स्टर उठाऊँ
    सामन्ती संस्कारलाई अब सात डाडा कटाऊँ ।
    नियम अब बन्नुपर्छ सबका हक छुने
    समतामूलक कानुन सबको हितमा हुने ।।

    शनिबार, साउन २७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    ‘अग्निस्पन्दन’ कवितासङ्ग्रहको शल्यक्रिया
    आदर्शको पहाड
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न
    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

    • २.
      शेयर कारोबार पुन : सञ्चालन

    • ३.
      पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल

    • ४.
      आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

    • ५.
      पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल

    • ६.
      प्रादेशिक अस्पताल बागलुङमा बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार

    • ७.
      प्रतिनिधिसभाको बैठक बस्दै

    • ८.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.