काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा ६ जना चिकित्सक पक्राउ परेका छन् ।
Advertisement
बिहीबार नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई पक्राउ गरेलगत्तै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले थप पाँच जनालाई नियन्त्रणमा लिएको हो ।
पछिल्लो समय सीआईबीले इसान बाल अस्पतालमा कार्यरत डा. श्रद्धा शिल्पकारलाई पक्राउ गरेको छ ।
यसअघि सीआईबीले डा. रामबाबु यादव, डा. रञ्जित यादव, डा. एलिना साह र डा. अमित चौधरीलाई पक्राउ गरिसकेको छ।
पक्राउ परेका कांग्रेसका सांसद शर्माले भारतको बिहारबाट नक्कली प्रमाण पत्र ल्याएर चीनमा एमबीबीएस पढेको तथ्य खुलेको छ।