• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

तीन दलको बैठक दोस्रो पटक पनि निष्कर्षविहीन, अन्योलमा संसद


  •   सोमबार, साउन २२, २०८० मा प्रकाशित
  • काठमाडौं । संसद संचालन गर्ने विषयमा प्रमुख तीन दल काँग्रेस, एमाले र माओवादी केन्द्रबीच बसेको दोस्रो चरणको बैठक पनि विनानिष्कर्ष सकिएको छ ।

    Advertisement

    सभामुख देवराज घिमिरेको आह्वानमा नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सोमबार अपरान्ह बसेको प्रमुख तीन दलको बैठकमा सत्तारुढ कांग्रेस र माओवादी केन्द्र सुन तस्करी प्रकरण छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्नुपर्ने एमालेको अडानमा सहमत नभएपछि दोस्रो चरणको बैठक पनि निष्कर्षविहिन भएको हो ।

    तर नेताहरु भोलि साढे १० बजे पुनः बैठक बसी संसद संचालन गर्नेबारे सहमती खोज्ने बताएका छन् ।

    सीआईबीनै यो तस्करी छानबिनको लागि विश्वसनीय निकाय भएकाले त्यसैलाई विश्वास गरेर जान उपयुक्त हुने धारणा सत्तापक्षले बैठकमा राखेको माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले जानकारी दिए ।

    उनले भने, ‘छानबिन गर्न सक्ने एउटा निकाय भनेको सीआईवी नै हो। सीआईवीले छानबिन गरिराखेको छ । त्यो निकायलाई विश्वास गरौं । हामी सबैलाई विश्वास छ । यसमा कसको संलग्नता छ । हिजो र आज कसरी हुँदै थियो ? भन्ने कुराको तथ्य उसले लिएर आउँछ । दोषीमाथि कारबाही हुन्छ । यस काण्डको जरासम्मै पुग्छ भन्ने सरकारको भनाई हो । हामी सबैले त्यो संस्थालाई विश्वास गर्नुपर्छ भन्ने नै हो ।’

    यता, प्रमुख प्रतिपक्ष एमालेले भने सो प्रकरणको निष्पक्ष छानविनका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्नुको विकल्प नरहेकोे अडान राखेको थियो ।

    आफ्नो पार्टीेले उच्चस्तरीय छानबिन समिति गठन गरी सो प्रकरणको स्वतन्त्र छानबिन हुनुपर्ने अडान दुवै चरणको बैठकमा प्रस्तुत गरेको एमालेका सचिव एवं सांसद योगेशकुमार भट्टराईले जानकारी दिए ।

    उनले भने, ‘आज भएको तीन दलको बैठकमा पनि हाम्रो पार्टीले सुन काण्डको छानबिनका लागि उच्चस्तरीय छानविन समिति बनाउनुपर्ने मागको औचित्यबारे कुराकानी राख्ने काम भयो । र, बिहानको बैठकमा र दिउँसोको बैठकमा पनि हामीले सो कुरा राख्ने काम गरेका छौं ।’

    प्रमुख तीन दलबीच सहमती नभएपछि प्रतिनिधिसभा बैठक पनि भोलि मंगलबार अपरान्ह ३ बजेसम्मका लागि स्थगित गरिएको छ । एमाले सचिव भट्टराईका अनुसार यसअघि बिहान साढे १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा पुनः प्रमुख तीन दलको बैठक बस्नेछ ।

    सोमबार, साउन २२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.