काठमाडौँ । अखिल नेपाल बुद्धिजीवी सङ्घले स्मृतिशेष बबिता थापाप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।
Advertisement
प्राडा श्रीधर गौतमको हस्ताक्षरमा २०८० साउन १० गते शनिबार शोकवक्तव्य जारी गर्दैै बुद्धिजीवी सङ्घले श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको हो ।
यस्तो छ, अध्यक्ष प्रडा गौतमको शोकवक्तव्य :
“अखिल नेपाल बुद्धिजीवी सङ्घको केन्द्रीय सदस्य का. बबिता थापाको मिति २०८० साउन १५ गते उपचारको क्रममा काठमाडौँको टिचिङ अस्पतालमा अल्पायुमा निधन भएको छ ।
हामीले उहाँको निधनप्रति गहिरो दु:ख व्यक्त गर्दै शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ ।”