काठमाडौं । महाकाली नदीमा ठूलो बाढी आएको छ । डडेलधुरास्थित पारिगाउँ बाढी मापन केन्द्रमा महाकाली नदीको जलसतहले सतर्कता तह पार गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
Advertisement
विभागले सूचना प्रकाशित गरी नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन सुझाव दिएको छ ।
विभागले आज बिहान ८ः५० बजे सूचना जारी गरी महाकाली नदीमा ठूलो बाढी आएकाले डडेलधुरा र कञ्चनपुरका नदी तटीय क्षेत्रका बासिन्दालाई दिउँसो १ बजेसम्म सतर्कता अपनाउन भनेको हो ।