बुटवल । ‘गणतन्त्र र राष्ट्रियताको रक्षा गरौ, सङ्घीयताको खारेजी गरौँ’ मूल नाराका साथ राष्ट्रिय जनमोर्चाले रुपन्देहीको सिद्धार्थनगरमा प्रशिक्षण कार्यक्रम सम्पनन गरेको छ ।
राजमो सिद्धार्थनगर नगर कमिटीको आयोजना २०८० साउन २० गते सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि वामपन्थी नेता तथा कम्युनिस्ट सङ्ग्रहालय नेपालका अध्यक्ष चेतनाथ आचार्यले लेनिनवादी सङ्गठनात्मक सिद्धान्तबारे विस्तृत रूपमा प्रस्तुति दिनुभएको थियो ।
वामपन्थी नेता तथा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार बद्रे आलमले नेपालको तात्कालिक राजनीतिक परिस्थितिको बारेमा छलफल चलाउनुभएको थियो ।
त्यस्तै, नेकपा (मसाल) का रूपन्देहीका प्रवक्ता लालचन्द पन्तले सङ्गठन र साङ्गठनिक नियमावली तथा न्यूनतम कार्यक्रमबारे प्रशिक्षण दिनुभएको थियो ।
प्रशिक्षणमा नगरभित्रका विभिन्न कमिटीमा आबद्ध करिब तीन दर्जनको सहभागिता रहेको समाचारमा जनाइएको छ ।
