मस्को । युक्रेनी ड्रोनले केर्च स्ट्रेटमा रुसी तेल ट्याङ्करमा आक्रमण गरी क्षति पुर्याएको नोभोरोसिस्कको समुद्री उद्धार तथा समन्वय केन्द्र (एमआरसिसी) ले शनिबार जनाएको छ ।
Advertisement
एमआरसिसीले ट्याङ्रका चालक दल सकुशल रहेको तर आक्रमणबाट इन्जिन कोठामा क्षति पुगेको बताइएको छ । ट्याङ्करलाई मदत गर्न उद्धारकर्ता र दुईओटा टगबोट उक्त क्षेत्रमा परिचालन गरिएको थियो ।
क्राइमियाको पूर्वी छेउमा रहेको केर्च सहरका बासिन्दालाई चकित पार्ने चर्को आवाजसहित शनिबार बिहान सो आक्रमण भएको थियो ।
मुख्य भूमि रुसलाई क्रिमियासँग जोड्ने १९ किलोमिटर लामो क्रिमियन ब्रिज आक्रमणको खतराका कारण अस्थायी रूपमा बन्द भए पनि फेरि खोलिएको छ । (रासस–सिन्ह्वा)