बेइजिङ । चीनको उत्तरपूर्वी जिलिन प्रान्तको सुलान सहरमा भारी वर्षाका कारण एक जनाको मृत्यु हुनुको साथै चार जना बेपत्ता भएका छन् ।
Advertisement
बाढी नियन्त्रण तथा खडेरी राहत मुख्यालयका अनुसार सुलानमा करिब १ लाख ३४ हजार मानिस वर्षाका कारण प्रभावित भएका छन् भने १४ हजार ३ सयभन्दा बढी विस्थापित भएका छन् ।
सुलानमा मङ्गलबार रातिदेखि लगातार वर्षा भइरहेको छ । दिउँसो ३ बजेसम्म शुक्रबार औसत वर्षा १११.७ मिलिमिटर पुगेको थियो । (रासस–सिन्ह्वा)