मस्को । रुसी रक्षा मन्त्रालयले मानवरहित युक्रेनी डुङ्गाले कृष्णसागर (ब्ल्याकसी) बन्दरगाह नोभोरोसियस्कमा रहेको रुसी नौसैनिक अखडामा आक्रमण गर्ने प्रयास गरेको दाबी गरेको छ तर रुसी जहाजले सो प्रयासलाई विफल पारेको पनि रुसले जनाएको छ ।
‘आज राति युक्रेनी सशस्त्र बलले नोभोरोसियस्क नौसेना आधारमा दुई मानवरहित समुद्री डुङ्गाद्वारा आक्रमण गर्ने प्रयास गरेको तर प्रतिकारका क्रमम मानवरहित ती डुङ्गा नष्ट गरिएको छ’ रुसको टिप्पणी छ ।
नोभोरोसियस्कमा ट्याङ्करमा तेल लोड गर्ने क्यास्पियन पाइपलाइन कन्सोर्टियमले सो प्रयासबाट पूर्वाधारमा कुनै क्षति नपुगेको र तेल लोडिङ कार्य सामान्य रूपमा भइरहेको जनाएको छ यद्यपि बन्दरगाहमा जहाज आवागमनमा अस्थायी प्रतिबन्ध भने लगाइएको छ ।
कन्सोर्टियमसँग पाइपलाइन प्रणाली छ । त्यसले काजाकिस्तानलाई नोभोरोसियस्कको बन्दरगाहसँग जोड्छ । त्यहाँ विश्व बजारमा ढुवानीका लागि ट्याङ्कमा तेल लोड गर्ने गरिन्छ । (रासस–सिन्ह्वा)