दिनेश रैदास, दाङ ।
लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको आयोजना र अजम्बरी सामुदायिक वन उपभोक्ता संस्थाको सहयोगमा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ ।
संस्थाको “एक घर : एक बिरुवा” को नीतिलाई पूरा गर्न २०८० साउन १५ गते शनिबारका दिन स्थानीय वन अजम्बरी सामुदायिक वनको डम्पिङ साइडको पश्चिमपट्टि तारबार गरेको १७ बिगाहा क्षेत्रमा विभिन्न जातका बिरुवा लगाई वृक्षरोपण गरिएको हो ।
सो अवसरमा मन्तव्य राख्दै प्रमुख अतिथि तथा कार्यक्रमको अध्यक्षतासमेत गरिरहनुभएका संस्थाका अध्यक्ष जङ्गबहादुर चौधरी र सोही उपभोक्ता समितिका अध्यक्ष तथा विशिष्ट अतिथि पवन शर्मा रिजालले वृक्षरोपण गर्ने काम आफैमा ठुलो काम भएको बताउनुभयो ।
खानेपानी संस्थाका वरिष्ठ सल्लाहकार दन्डिराम चौधरीको स्वागतबाट सुरु भएको कार्यक्रमको सञ्चालन संस्थाका सचिव वसन्त आचार्यले सञ्चालन गर्नुभएको थियो ।