काठमाडौँ । विवादास्पद अभिव्यक्ति दिएको आरोपमा अधिवक्ता भगवती पाण्डे विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । पाण्डेलाई पक्राउ गर्न अदालतले अनुमति दिएको छ ।
Advertisement
तामाङ, मगर र मुस्लिम समुदायप्रति साम्प्रदायिक टिप्पणी गरेपछि उनी विरुद्ध सोही समुदायका व्यक्तिले उजुरी गरेका थिए ।
उनले एउटा टेलिभिजनमा अन्तर्वार्ता दिँदै उक्त समुदायमा दाजुबहिनीबिच नै विवाह हुने भन्दै साम्प्रदायिक टिप्पणी गरेकी थिइन् । त्यसपछि उनको आलोचना भएको थियो ।
उजुरी परिसकेपछि यस विषयमा अनुसन्धान अगाडि बढाइएको काठमाडौँ परिसरका डिएसपी अनिल अधिकारीले बताए । उनी विरुद्ध जातीय भेदभावको कसुरमा कारबाही अगाडि बढाउने प्रहरीको तयारी छ ।