काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
Advertisement
पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–१४ घर भई हाल काठमाडौँ महानगरपालिका–१० नयाँ बानेश्वर बस्ने ६३ वर्षीय गमबहादुर पौडेल रहेको कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो ।
उहाँका अनुसार ज्ञानबहादुर भुजेलले दिएको जाहेरीका आधारमा पौडेललाई कार्यालयबाट खटिएको टोलीले महाराजगञ्जबाट पक्राउ गरेको हो ।
पक्राउ परेका पौडेललाई थप अनुसन्धानका लागि प्रहरी वृत नयाँ बानेश्वर पठाइएको उहाँले बताउनुभयो ।