बुटवल । बुटवल उपमहानगरपालिकाका ९साविक बुटवल नगरपालिकाका० पूर्वउपप्रमुख एवम् नेपाली काङ्ग्रेसका नेता रामप्रसाद खनालको निधन भएको छ ।
दम बढेपछि बुटवलस्थित तिनाउ अस्पतालमा उपचाररत खनालको २०८० साउनउ ७ गते बिहान निधन भएको थियो । खनालको असार १३ गते प्रोस्टेटको शल्यक्रिया गरिएको थियोे ।
लामो समयदेखि बुटवल वडा नं ७ शिवनगरमा स्थायी रूपमा बस्दै आएका खनाल २०४६ को जनआन्दोलनपछि २०४९ सालमा तत्कालीन बुटवल नगरपालिकाको उपप्रमुखमा निर्वाचित हुनुभएको थियो ।
पाल्पाको कुशुमखोलामा जन्मेका ८३ वर्षीय खनालका चार छोरा दुई छोरी र दुई श्रीमती छन् ।
उपमनपाद्वारा शोक व्यक्त
पूर्वउपप्रमुख खनालको निधनमा बुटवल उपमहानगरपालिकाले आइतबार अत्यावश्यकबाहेकका सेवा बन्द गरी शोक व्यक्त गरेको छ ।
दिउँसो शोकसभा गर्दै बुटवल उपमहानगरपालिकाले आइतबार दिउँसो १ बजेदेखि अत्यावश्यकबाहेकका सेवा बन्द गरी शोक व्यक्त गरेको हो ।
शोकसभामा नगरप्रमुख खेलराज पाण्डेयले पूर्वउपप्रमुख खनालको निधनले बुटवलले एक सादगी नेता गुमाएको भन्दै दुस्ख व्यक्त गर्नुभयो ।
सालिन नेताका रूपमा रहनुभएका खनालले लामो समय नेपाली काङ्ग्रेसको बुटवल नगर सभापति सम्हाल्नुभएको थियो ।